एक्लै भएको बेलामा हृदयघात भएको शंखा लागेमा के गर्ने ? डा. आशिष आचार्यकाे यस्ताे सुझाव

मुटु रोग सम्बन्धी हाम्रो देशमा Community Awareness एकदमै आवश्यक भएकोले यी बिषयहरुमा जानकारी लिनु र दिनु अतिनै आवश्यक ठान्दछु । हृदयघात बाट हुने मृत्यु दिन प्रतिदिन बढ्दै गएकोले सबै जनाले यो रोगको सिकार हुन बाट आफुलाई र अरुलाई पनि बचाउन अतिनै जरुरि ठान्दछु । त्यसैले फेरी पनि एक चोटी हृदयघात हुदा देखिने लक्षणहरु बताउन गईरहेको छु।

राम्रो सँग बुझ्नु भएका श्रोता तथा स्वास्थ्यकर्मीहरुले नेपालको हरेक ठाउँमा बस्ने नेपालीहरुलाई मुटुको रोगको बारेमा र बिशेस गरेर हृदयघात जस्ता बिषयमा शिक्षा दिएर सबैमा चेतना जगाउनु सामाजिक जिम्मेवारी ठान्दछु र यसो गर्न सकिएमा मात्र यस सम्बन्धी सहि जानकारी उल्लेख गराउने चिकित्सक तथा स्वस्थीय कर्मीहरुलाई हरुलाई पनि प्रोत्साहन मिल्ने छ भन्ने लाग्छ।

डा. आशिष आचार्य , Cardiologist, Duisburg Germany

हृदयघात हुदा देखिने प्रमुख लक्षणहरु:

१ छातीको बिचमा , देब्रे भागमा , वा छातीको पुरै भागमा एक्कासी तिब्र गतिमा वा बिस्तारै दुख्दै जानु , भारि भएको (केहि चिजले थिचे जस्तो) अनुभव हुनु , एकदमै असहज महसुस हुनु ( यो कम्तिमा पनि २० मिनेट सम्म भैराख्नु)
२ दुखाई शरीरको अरु भागमा सर्नु (देब्रे काध -हातमा , घाटी-चिउंढोमा वा छातीको पछाडीतिर)
३ दुखेको बेला एकदमै पसिना (कोल्ड पसिना) आउनु र बेहोस हुनु वा बेहोस हुन लागे जस्तो हुनु

अन्य लक्षणहरु , जुन प्रमुख लक्षणहरु संग संगै देखा पर्न सक्छन् , जुन महिला र बुढा पाका व्यक्तिहरुमा बढी देखिने गर्छ :

– सास फेर्न गाह्रो हुनु , वाक वाक वा बान्ता हुनु , हल्का मात्र दुख्नु
– दुखाई पेटको माथिल्लो भाग तिर सर्नु वा पेटको माथिल्लो भाग तिर मात्र दुख्नु (बिचमा , छातीको स्तम्ब को तल तिर )

महिला , बढी मोटो पन भएका , सुगरको बरामी र बुढा पाका व्यक्तिहरुमा प्रमुख लक्षणहरु देखा पर्न नसक्छन , तेस्को अलावा माथि उलेख गरेजस्तै सामान्य अन्य लक्षणहरु मात्र देखिने गर्छन ।

तपाईलाई काम गरिरहेको बेलामा , धपेढी भएको बेलामा , खाना खाइरहेको बेलामा, चिसो मौसममा र कहिले काँहि एकदमै उत्साहित भएको बेलामा , एकदमै रिसाएर अरु माथि जाई लागेको बेलामा , वा रेस्ट गरिरहेको बेलामा माथिका उल्लेख गरिएका लक्षणहरु देखा परेमा हृदयघात भएको हुन सक्ने सम्भावना एकदमै धेरै हुन्छ। हृदयघात विशेष गरेर धमनी रोग लाग्ने प्रमुख कारणहरु भएका व्यक्तिहरुलाई बढी हुने गर्छ । के हुन्छन् त कारणहरु जानी राखौ र त्यसबाट टाढै रहने कोशिस गर्नुहोला ।

१ धुम्रपान गर्नु ( आजै बाट छोड्नु भयो भने ५ बर्षमा धुम्रपान नगर्ने जस्तै स्वस्थय हुन सक्नु हुन्छ)
२ रगतको चाप बढी हुनु ( समयमानै उपचार गन्रु वा कन्ट्रोल मा राख्नु )
३ कोलेस्तेरिन को मात्र बढ्नु ( समयमा नै खानामा ध्यान पुराउनु र स्वस्थय खाना खानु )
४ सुगरको बिरामी हुनु ( समयमानै उपचार गर्नु वा कन्ट्रोल मा राख्नु )
५ रक्शिको सेवन गर्नु ( भरसक नखानु , खानुनै पर्छ भने कहिले काहिँ र थोरै मात्र )
६ मोटोपन हुनु ( नियमित रुपमा शारीरिक बायम र स्वस्थय डाइट खानु )

एक्लै भएको बेलामा हृदयघात भएको महशुस भयो भने के गर्ने ?

तपाईं घरमा हुनुहुन्छ भने सेफ ठाउमा बस्नु होस् ( लड्दा चोट नलाग्ने ठाँउमा ) बाटोमा वा काम मा हुनुहुन्छ भने त्यहाँ बाट सेफ ठाउमा बिस्तारै नआतिकन जानु होस् र बस्नु होस् ।

पहिलो – तपाई जति सक्दो चाँडो डाक्टरको सम्पर्कमा आउनु पर्छ , त्यसैले Emergeny Nr. मा फोन गरेर चिकित्सक लाई तुरुन्तै खबर गर्नु र एम्बुलेन्स पठाउन अनुरोध गर्नु , नसके तुरुन्तै साथी गुहार्नु र कल गर्नु लगाउनु होस्।
दोस्रो – तपाई Taxi को मदत लिएर नजिकको चिकित्सक , क्लिनिक वा होस्पिटल मा जान सक्नु हुन्छ ।
तेस्रो – तपाईंलाई मेडिसिन को एलर्जी छैन भने चिकित्सक वा स्वस्थीय कर्मिको मदत लिएर लक्षणहरु देखा परेकै ठाउमा वा होस्पितल जादा जादै बाटोमै : Aspirin (500 mg 1x) , Heparin 5000 IE and Atorvastatin (40 mg 1x) सेवन गर्न सक्नु हुन्छ । जसले एकासी र तिब्र गतिमा हुने हृदयघात बाट (20-30%) बचाउन मद्दत गर्छ।

हृदयघात भएको बेलामा नगर्न हुने सल्लाह:

१ दुखाई कम हुन्छ कि भनेर पर्खिनु र चिकित्सकबाट टाडा रहनु
२ आफुले केहि गर्न नसक्दा मद्दद नमाग्नु र चुप लगेर बस्नु
३ दुखि रहेको बेलामा – हिड्नु , काम गरि राख्नु , गाडी आफैले कुदाउनु
४ छातीमा प्रेसर दिनु ( खोकेर वा लामो सांस लिएर छातीको प्रेसर बढाउनु) – यसो गर्दा झन् गाह्रो हुने र स्ट्रेस को कारणले रगत संचालन प्रक्रियामा असर हुन्न जान्छ। छातीमा प्रेसर बढाउने वा दिने भनेको मुटु बन्द भएर बेहोस भएको बेलामा फेरी मुटुलाई संचालनमा ल्याउन र कहिले काही हृदय रोग बाट बचाउन दिने हो । हृदयघातको पहिलो उपचार भनेको समय हो , जति सक्दो चाँडो चिकित्सक वा होस्पिटल पुर्याउन सक्यो तेतीनै धेरै हृदयघात बाट बच्न सकिन्छ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित