सावधान ! म:म: खानेहरू लाई हुन सक्छ यस्तो खतरा !

हामी दैनिकजसो खाजाको रुपमा मःमः नै बढी खान रुचाउँछौैं । खाजाको रुपमा मःमः धेरै खानु पनि खतरनाक हुने गर्दछ । तर, मानिसहरु खाजाको रुपमा मःम नै विशेषगरी खान मन पराएको देखिन्छ । होटल, रेष्टुरेन्टहरुमा मःमः खानेहरुको भीड अत्यन्तै लागेको देखिन्छ । तर, हामीलाई मःमः धेरै खाएमा के हुन्छ भन्ने कुरा थाहा छैन होला ।

हामी मःमः बनाउन मैदा बढी प्रयोग गरिन्छ । मैदाबाट बनेको मःमः दैनिकजसो खाने गरेमा स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने मःमः स्वास्थ्यका लागि हानिकारक हुन्छ । मःमः होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ ।

थाहा पाइराखौं, मैदाबाट बनेको खानेकुरा खाँदा कस्तो नकारात्मक असरहरु पर्दछन् :

१. मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।
२. ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ ।
३. ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ ।
४. जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।
५. मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित