साबधान ! खाली पेट छ भने नखानुहोस् यी खानेकुरा

सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । पुणेका डाइटिशियन डा। नेहा शिरकेले खाली पेटमा केही खानेकुरा खानेुकरा खान वर्जित गरेकी छिन् ।

१. केरा : केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ ।
२. चिया : चियामा एसिडको मात्रा धेरै हुन्छ । यो खाली पेटमा खाँदा पेट पोल्ने र दुख्ने गर्दछ ।
३. दही : यसमा पाइने प्रोबायोटिक ब्याक्टेरिया खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । खाली पेटमा दहीका सेवन गर्दा पेट पोल्ने समस्या हुने गर्दछ ।
४. दूध : यसमा पाइने स्याचुरेटेड फ्याट, प्रोटिनले पेटको मांसपेशीलाई कमजोर बनाउने गर्दछ । यसले अपच हुने र खकारको समस्या निम्त्याउने गर्दछ ।
५. गुलियो खानेकुरा : मिठाई वा हलुवाजस्ता खानेकुरा खाली पेटमा खाँदा रगतमा चीनिको मात्रा बढ्नेछ । यसले आँखाको समस्या निम्त्याउने गर्दछ ।

६. शखरखण्ड : यसमा टोनिक र प्याक्टिन हुन्छ जुन खाली पेट हुँदा पच्दैन । यसले छाती पोल्ने समस्या निम्तिन सक्छ ।
७. आँप : यसले शरिरमा गर्मी पैदा गराउँछ । यसलाई खाली पेटमा खाँदा एसिडको स्तरमा वृद्धि हुन्छ र एसिडिटी बढ्नेछ ।
८. सुन्तला : सुन्तलामा ओर्गानिक एसिड हुन्छ । यसले एसिड धेरै बन्ने गर्दछ । यदि खाली पेटमा खाए एसिडको मात्रा बढ्छ ।
९. कोल्ड ड्रिङ्क्स : यसमा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा बान्ता हुनसक्छ ।
१०. खरबुजा : यसमा आइरन, पोटासियम हुन्छ । आइरन र पोटासियम खाली पेटमा खाँदा एसिटिडी हुनसक्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित