यस्ता ब्याक्तीले नखानुस भटमास – ज्यानै जान सक्छ !

भटमासको सेवनबाट फाइदा मात्रै हुँदैन, यसले अनेक प्रकारका रोग निम्त्याउने खतरा पनि हुन्छ । भटमासमा ‘ट्रान्स फ्याट’ हुन्छ । जसले हाई कोलेस्ट्रोल तथा मुटुको रोग निम्त्याउँछ । यसकारण जुन व्यक्तिलाई मुटुको रोग छ, अथवा सामान्य आशंका पनि देखिन्छ भने उनीहरुले भटमास नखानु नै राम्रो हुन्छ ।

सुत्केरी महिला : गर्भवती महिला या स्तन पान गराइरहेकी महिलाले पनि भटमास खानु हानिकारक हुन्छ । भटमासमा पाइने एमिनो एसिडले गर्भवती महिलामा चक्कर आउँने, रिंगटा लाग्ने जस्ता समस्या हुन्छन् ।

यस्तै स्तनपान गराइरहेकी महिलाले पनि भटमास खाँदा दूध पिउने बच्चामा त्यसको नराम्रो असर पर्न जान्छ । आमाले धेरै भटमास खाँदा बच्चाहरुमा अपच हुने खतरा बढ्छ ।

छालाको रोग : यदि कुनै व्यक्तिलाई छाला सम्बन्धी कुनै रोग तथा छाला चिलाउने समस्या छ भने त्यस्ता व्यक्तिले पनि भटमास नखानु नै राम्रो हुन्छ ।

मिर्गौला सम्बन्धी रोग : भटमासमा फीटोएस्ट्रोजन नामक एक केमिकल पाइन्छ । सामान्य व्यक्तिलाई त यसले खासै असर पुर्याउँदैन । तर जो व्यक्ति मिर्गौला सम्बन्धी रोगबाट पीडित छन्, त्यस्ता व्यक्तिका लागि यो केमिकल जहर समान हुन्छ । मिर्गौलामा फीटोएस्ट्रोजन केमिकलको बृद्धि हुँदा गम्भीर असर निम्तिन सक्छ । यो केमिकलका कारण किड्नी फेल हुने खतरा समेत हुन्छ ।

क्यान्सर : सबै प्रकारको त हैन, तर जो व्यक्तिलाई मूत्राशय (यूरिन) को कयान्सर छ, त्यस्ता व्यक्तिले भटमास नखाएकै राम्रो हुन्छ । यसको अतिरिक्त यदि परिवारिक इतिहासमा पनि कहिल्यै कुनै व्यक्तिलाई क्यान्सर लागेको थियो भने, अगाडिको पीढिले भटमास नखानु नै राम्रो हुन्छ ।

मधुमेह : यदि तपाईलाई चिनी रोग (मधुमेह) लागेको छ भने पनि भटमास नखानुहोस् । किनकी भटमासको सेवनबाट रगतमा चिनीको मात्रा बढ्न जान्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित