सर्पको विष झार्न, जुम्रा मार्न देखि नाकबाट रगत बग्न रोक्न तेजपत्ता [बिधि सहित]

तेजपत्ता पनि घरेलु औषधीले भरिपुर्ण गुण भएको पात हो । यसले माछा, मासुका परिकार स्वादिलो बनाउनको लागि प्रयोगमा ल्याइन्छ । तर यसको औषधीय गुणको बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसले स्वादको मात्र काम नगरेर अचुक औषधीको काम गर्छ । तेजपत्ताका फाइदा यस्ता छन् ।

१, सर्पको विष झार्छ: सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई तत्काल निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ । सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’ तथा ‘एन्टी ब्याक्टेरियल’ गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ ।

२, जुम्रा मार्न: टाउकोमा जुम्रा परेर दिक्क हुनेलाई तेजपत्ता वरदान बन्न सक्छ । पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने । यसरी उमालेको मनतातो पानीलाई कपालको जरामा लगाउने । तीन–चार घन्टा राखेपछि पानीले टाउको पखाल्ने गरेमा जुम्राको समस्या हट्छ । साथै कपाल निकै चमकदारसमेत बन्छ ।

३, निद्रा राम्रो लाग्छ: यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्छ ।

४, नाकबाट रगत बग्न रोक्छ: गर्मी मौसममा कतिलाई नाकबाट रगत निस्किने समस्या हुन्छ । दुई–तीनवटा तेजपत्तालाई पानीमा राम्रोसँग धेरै बेर उमाल्ने र चिसो बनाएर पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

५, रुघा–खोकी ठीक पार्छ: रुघा–खोकीसहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ । दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने । यसो गर्दा रुघा–खोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ ।

६, मस्तिष्कको क्षमता बृद्धि गर्न: दालचिनीको प्रयोगले उनीहरुमा सिक्ने खुबीको विकास भएको पत्ता लगाएका छन् । ‘कमजोर क्षमता भएकालाई क्षमतावानमा परिणत गर्न यो नै सबैभन्दा सुरक्षित एवं सजिलो माध्यम हुनेछ’, रस विश्वविद्यालयका प्रोफेसर तथा मुख्य अनुसन्धानकर्ता कालीपदा पहलले भने । उनले कोही व्यक्ति जन्मजातै क्षमतावान हुने, कोही प्रयास गरेर क्षमतावान् बन्ने तथा कोहीमा अनवरत प्रयासका बाबजुद नयाँ कुरा सिक्नमा कठिनाई हुने गरेको बताए ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित