थाहा छ ? पोलेको मकैकाे छन् यस्ता फाइदा

पोलेको मकै खाँदा स्वादिलो मात्र होइन निकै स्वाथ्यबर्धक तथा पोषणयुक्त हुन्छ । यसमा फोलिक एसिड, प्रोटिन तथा कार्बोहाइड्रेट जस्ता पौष्टिक तत्व पाइन्छ । आयुर्वेदका अनुसार पोलेको मकै तृप्तदायक, वातकारक, कफ तथा पित्तनाशक तथा भोक जगाउने अन्न हो । यदि तपाइँ पनि स्वस्थ रहन चाहनुहुन्छ भने पर्याप्त मकै खानुस् । पोलेको मकैकाे छन् यस्ता फाइदा

• काँचो मकैलाई छोडाएर गेडा पानीमा भिजाउने अनि अर्को दिन उक्त पानीलाई छानेर पानीमा मिश्री मिलाएर खनाले पिसाब पोल्ने जस्ता समस्या कम हुन्छन् ।

• मकैमा भरपूर मात्रामा एन्टी अक्सिडेन्ट पाइने कारणले गर्दा यसको सेवनले हाम्रो छाला कोमल हुनुका साथै रोग प्रतिरोधी क्षमता बढ्ने र बुढ्यौलीका लक्षण छिटो देखिने समस्या कम हुन्छ । मकैमा भिटामिन सी, क्यारोटिनाइड तथा बायोफ्लेभिनोइड पाइन्छ ।

• मकैको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा बढ्नबाट रोक्दछ । यसले रक्तप्रवाहलाई सन्तुलित बनाउने, उच्च रक्तचापको समस्या कम गर्ने तथा मुटुलाई स्वस्थ राख्न सघाउँदछ ।

• गर्भवती महिलाका लागि मकै निकै उत्तम आहार हो । यसमा फोलिक एसिड पर्याप्त पाइने हुनाले गर्भको शिशुका लागि पोषणको पर्याप्त आपूर्ति हुन्छ ।

• मकैमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जसले पाचन क्रियालाई सन्तुलित बनाउँदछ ।

• पोलेको मकैको सेवनले हड्डी मजबुत हुन्छ । मकैमा पर्याप्त म्याग्नेसियम, आइरन, कपर तथा फोस्फोरस पाइन्छ ।

• मकैको सेवनले मृगौला स्वस्थ राख्न पनि सहयोग गर्दछ ।

• पोलेको मकैको सेवनले कब्जियत, अल्सर तथा पेटको क्यान्सरको जोखिम पनि कम मगर्दछ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित