पेट बढ्यो ? सचेत रहनुहोस् क्यान्सर हुनसक्छ

एजेन्सी । पुट्ट उठेको पेट अर्थात भुँडी लाग्नुलाई नेपाली समाजमा खान्दानीको निशानिको रुपमा लिइन्छ । सामान्य भन्दा ठूलो भुँडी भएका मानिसलाई खाए लाएको मानिसका रुपमा चित्रित गरिन्छ । तर त्यही बढेको भुँडी ठूलो रोगको कारक पनि हुनसक्छ भन्दा कसैलाई पनि झट्ट विश्वास नलाग्नसक्छ । अमेरिकी क्यान्सर सोसाईटिको एक अध्ययनले भुँडी ठूलो हुने मानिसमा क्यान्सरको बढी जोखिम हुने पत्ता लगाएको छ ।

अध्ययनका अनुसार पेट बढेर मानिसको ज्यान नै गोलो हुनेगरी फैलने बोसो कलेजोको क्यान्सरको संभावना बढी हुन्छ । यस अध्ययनका क्रममा मोटोपन बढ्नेहरुलाई टाइप–२ को डायबिटीजको पनि उत्तिकै संभावना रहेको हुन्छ ।

अध्ययनका अनुसार यदि तपाईंको मोटोपन बढेर कम्मरको साइज ५ सेन्टिमीटरभन्दा बढी बढेको अवस्थामा तपाईंलाई कलेजोको क्यान्सर हुनसक्ने संभावना ८ गुणाले बढेर जाने पाइएको हो । अमेरिकी क्इान्सर सोसाइटिका अनुशन्धानकर्ताहरुका अनुसार कलेजोको क्यान्सर मदिरा सेवन र हेपटाइटिसका कारण मात्रै हुँदैन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित