तपाईका यी आनीबानीले मेरुदण्डमा खराब असर पर्दैछ

हरेक कुराको मूल आधारलाई हामी ‘मेरुदण्ड’ भन्छौं। यसबाट बुझिन्छ, मेरुदण्डको महत्व कति छ । मेरुदण्ड नहुँदो हो त हाम्रो शरीर सग्लो रहँदैन । हिँड्न, उभिन वा भनौ शारीरिक गतिविधि गर्न निकै कठिन हुन्छ।

तर, हामीले कहिले सोचेका हुँदैनौ कि मेरुदण्डलाई कसरी सही रुपमा राख्ने ? किनभने हामी उठ्दा, बस्दा, हिँड्दा, सुत्दा यस्ता गल्ती गरिरहेका हुन्छौं, जसको भार मेरुदण्डले झेलिरहेको हुन्छ। जब मेरुदण्डले यस्ता भार सहन सक्दैन हामी जीवनभरका लागि रोगी हुन्छौं।

मेरुदण्डको महत्व

मेरुदण्डको हड्डीलाई मानिसको जीवन रेखा समान मानिन्छ । यसले मानिसको शरीरलाई सपोर्ट गर्छ र सीधा उभिन मद्धत गर्छ। यसले मानिसको तौललाई धान्छ र यो मानिसको स्नायू प्रणालीको समेत एक महत्वपूर्ण भाग हो । त्यसैले मानिसको शरीरले सहि तरिकाले कार्यसम्पादन गर्नको लागि उनीहरुको मेरुदण्डको हड्डीको स्वास्थ्य स्थिती पनि सहि हुन आवश्यक छ।

मेरुदण्डलाई बोझ

मेरुदण्डको हड्डीमा हल्का चोट लागेमा वा थोरै पनि हानी भएमा पनि यसले हाम्रो सम्पूर्ण स्वास्थ्यलाई प्रभावित बनाउन सक्छ । हामी कहिलेकाँही अन्जानमा यस्तो केही काम गरिदिन्छौं जसले मेरुदण्डको स्वास्थ्यमा गम्भिर असर गर्न सक्छ।

यदि तपाइर्ं पनि मेरुदण्डको हड्डीको स्वास्थ्यलाई राम्रो बनाइराख्न चाहनुहुन्छ भने आफ्ना केही बानीहरुलाई परिवर्तन गर्नुहोस् । यसबारेमा ख्याल गर्नुभएन भने पछि तपाईंले धेरै नोक्सान झेल्नुपर्ने हुन्छ। यी हुन् मेरुदण्डको हड्डीलाई नोक्सान पुर्याउने केही बानीहरु

गह्रुँगो सामान उठाउने

अक्सर हामी कुनै गह्रुँगो सामान यताउता उठाउन पर्यो भने कसैको पनि सहयोग नलिइ आँफै उठाउन खोज्छौं र सकेनौं भने अन्तिममा मात्रै कसैलाई सहयोगको लागि आग्रह गर्छौ ।

त्यस्तै यदि तपाईं जिममा धेरै तौल उठाउने अभ्यास गर्नुहुन्छ भने तपाईलाई विशेषज्ञको निगरानीमा यस्तो अभ्यास गर्नु आवश्यक छ । सँधै यस्तो नगर्ने मानिसले कहिलेकाँही मात्रै गह्रुँगो तौल उठाउनाले मेरुदण्डको हड्डीलाई नोक्सान पुर्याउँछ।

घोप्टो परेर सुत्ने

यदि तपाइर्ं दैनिक घोप्टो परेर सुत्नुहुन्छ भने यो बानीले पनि मेरुदण्डको हड्डीलाई नोक्सान गर्छ । त्यसैले यस्तो बानी तुरुन्त परिवर्तन गर्नुहोस् ।

पेटको बलले सुत्नाले तपाइर्ंको स्पाइन आर्क र गर्धनमा दबाब पर्छ जसको कारण कम्मर, गर्धन र जोर्नीमा दुखाई जस्ता समस्याहरु निम्तिन सक्छ ।

लामो समयसम्म मोबाईल फोनको प्रयोग

चिकित्सकहरुका अनुसार फोनमा कुरा गर्दा तपाईं जुन एंगलबाट फोन समात्नुहुन्छ त्यसले पनि स्पाइनलाई नोक्सान पुर्याउँछ । अझै धेरैबेरसम्म आफ्नो फोनको प्रयोग गरिरहने मानिसमा मेरुदण्डको समस्या देखिन सक्छ । अगाडितर्फ झुक्नाले मेरुदण्डको हड्डीको माथिल्लो भागमा दबाब पर्छ जसको कारण स्पाइनल डिस्क संकुचित हुन्छ ।

धुमपान

धुमपान मानिसको स्वास्थ्य र शरीरको लागि हरेक कोणबाट हानीकारक छ । यसको कारण तपाईंको मेरुदण्डको हड्डीको स्वास्थ्य पनि प्रभावित हुन्छ । चुरोटमा हुने निकोटिनले शरीरमा रक्तसञ्चारलाई समेत प्रभावित गर्छ त्यसैले धुमपान गर्ने बानी छ भने आजैदेखि त्यागिदिनुहोस् ।

क्याल्सियमको कम सेवन

हड्डीहरुको स्वास्थ्य र विकासको लागि क्याल्सियम आवश्यक हुन्छ । तर, यदि तपाइर्ंले क्याल्सियमको पर्याप्त सेवन गर्नुहुँदैन भने यसले शरीरका हड्डीहरुमा स्टोर भएका क्याल्सियमको प्रयोग गर्छ जसले स्पाइनल कमजोर हुन्छ । यसैले दूग्ध उत्पादनहरु पर्याप्त रुपमा सेवन गर्नुहोस्।

प्रतिक्रिया

सम्बन्धित