एकचोटी उम्लीएको पानी चिस्सीए पछि पुन उमाल्ने गर्नु भएको छ ? सावधान !!

एकपटक उमालेर चिस्याइसकेको पानीलाई फेरि उमालेर खानु स्वास्थ्यका लागि हानिकारक हुने देखिएको छ । यसरी पटक पटक पानीलाई उमाल्दा पानीका अणुहरुको संरचनामै परिवर्तन आउन सक्ने र यो स्वास्थ्यका लागि लाभदायी नहुने विज्ञहरु बताउँछन् ।

पानीलाई बारम्बार उमाल्दा यसमा आर्सेनिक, नाइट्रेट तथा फ्लोराइडको मात्रा गाढा बन्दछ, जसले सरीरलाई नोक्सान पूराउँदछ । विज्ञहरुका अनुसार पानी उमाल्दाखेरि त्यसमा रासायनिक प्रतिक्रिया हुन्छ र त्यसमा भएका विभिन्न लवणहरुको संरचनामा परिवर्तन आउँछ । उमालेको पानी चिसिएपछि ती लवणहरु पूर्ववत रुपमै आउँछन् । तर जब चिस्याइसकेको पानी फेरि उमालिन्छ दोश्रोपटक हुने रासायनिक प्रतिक्रियाका कारण त्यसका लवणहरुको संरचनामा असन्तुलन आउन सक्छ । पानीलाई तताउँदा यसमा हुने नाइट्रेट छुट्टिन्छ ।

जब यसलाई पटक पटक तताइन्छ उक्त नाइट्रेट विषाक्त पदार्थमा बदलिन्छ । उच्च तापक्रमले नाइट्रेटलाई नाइट्रोसामाइन कारसिनोजेनिकमा बदलिदिन्छ । यो एकप्रकारको क्यान्सर गराउने तत्व हो । पानीलाई पटक पटक तताउँदा त्यसमा भएको आर्सेनिक थिग्रिने तथा बढि गाढा बनेर हानिकारक तहसम्म पुग्दछ । यसले क्यान्सर, हृदयाघात तथा मस्तिष्क सम्बन्धि विभिन्न रोगहरुको खतरा उत्पन्न गराउँछ । साथै यसले मानिसको प्रजनन क्षमतामा पनि असर गर्दछ ।

पानी धेरैपटक उमाल्नाले यसमा फ्लोराइडको मात्रा पनि बढ्दछ । यसले खासगरी बालबालिकामा मस्तिष्कजन्य रोगको खतरा बढाउँदछ । त्यसकारण एकपटक उमालिसकेको पानीलाई सफा भाँडोमा छोपेर राख्नुहोस् र पिउने गर्नुहोस् । चिसिइसकेको पानी खानुहुन्न भने तताएर मनतातो बनाउन सक्नुहुन्छ तर फेरि उमाल्ने काम गर्नुहुँदैन । सकेसम्म एकैपटकमा धेरै पानी उमालेर राख्नुभन्दा थोरैथोरै उमाल्दै खाँदै गर्नु राम्रो हुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित