कति जरुरी छ मुखको कण्डम ?

जब म २० वर्षकी थिएँ तब एक च्यारिटीले युनिभर्सिटीमा मेरा लागि एक बक्स पठाएको थियो । उक्त बक्समा ओरल सेक्सलाई सुरक्षित बनाउने उपकरण थिए । जब मलाई उक्त बक्स सुम्पिइयो त्यो यौन सुरक्षाका लागि थियो भन्ने मलाई भान भयो । त्यो देखेपछि मलाई भित्री रुपमा जिज्ञासा पनि पैदा भयो । उक्त बक्सभित्र रहेको एक सानो फाइल प्याकेज निकालें । पहिलो पटक मेरो सामना ‘डेन्टल ड्याम’ सँग भयो । यो ओरल सेक्सको क्रममा प्रयोग गरिने रबरको एक आवरण हो ।

डेन्टल ड्यामलाई साधारण शब्दमा मुखको कण्डमको रुपमा बुझ्न सकिन्छ । यो लेटेक्सको वर्गाकार वा आयताकार टुक्रा हुन्छ जसलाई योनीमा लगाइन्छ । यो लगाएपछि ओरल सेक्समा संक्रमणको खतरा शून्य बराबर हुन्छ ।

सुरक्षित सेक्स आवश्यकः

यो लेटेक्स फलफूलको फ्लेभरमा पनि उपलब्ध हुन्छन्  । यसबारे सोच्दा त्यति राम्रो नलागेपनि संक्रमणबाट तपाईं बच्न सक्नुहुन्छ । बेलायतमा १५ देखि २४ वर्षको उमेर समूहमा सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्शन (एसटीआई) को आशंका सबैभन्दा धेरै हुन्छ । उमेर बढेसँगै यसमा कमी आउँछ ।

एक रिपोर्टका अनुसार सन् २०१६ मा १५ देखि २४ वर्षका हेट्रोसेक्सुअल (अर्थात् पुरुष र महिलाबिच यौन सम्बन्धको इच्छा) मानिसहरुमा ६२ प्रतिशित कमिडिया, ५० प्रतिशत गोनरिया, ४९ प्रतिशत गुप्ताङ्गको गाँठा र गुप्ताङ्गको छालाको संक्रमणबाट पीडित पाइएका थिए । समलिङ्गी पुरुषमा पनि यसको आशंका हुन्छ ।

तुलनात्मक रुपमा महिलाबिचको सम्बन्धमा यी रोगको सम्भावना कम हुन्छ । केही मानिसहरु गल्तीपूर्वक यो बुझ्छन् कि लेस्बियन र बाइसेक्सुअल महिलाले एसटीआईको उपचार गराउनु पर्दैन तर कम खतराको अर्थ रोग नै लाग्दैन भन्ने होइन ।

जब मैले किशोरावस्थामा पहिलो पटक डेटिङ सुरु गरें तब मलाई थाहा थिएन कि लेस्बियनका लागि पनि सुरक्षित सेक्स आवश्यक छ । पहिलेका मेरा दुई पार्टनर यो विषयमा पूर्ण रुपमा अन्जान थिए त्यसकारण हामीले कहिले पनि यसको वास्तै गरेनौं ।

डेन्टल ड्यामः

तर डेन्टल ड्यामबाट मलाई यो थाहा भयो कि लेस्बियनका लागि पनि यो आवश्यक छ । तपाईंको यौन आकर्षण चाहे जे सुकै होस्, सुरक्षित सेक्स निकै महत्वपूर्ण छ ।कण्डमजस्तै डेन्टल ड्याम पनि प्याकेटमा बेचिन्छन् । तर कण्डमको ठ्याक्कै उल्टो यसलाई खरिद गर्नु त्यति सजिलो छैन  । तपाईंले यसलाई कहिलेकाँही ठूला फार्मेसीमा पनि पाउन सक्नुहुन्न तर यसलाई विशेष रुपमा अनलाइनमार्फत पनि मगाउन सक्नुहुन्छ । कतिपय अवस्थामा भने साना क्लिनिक र यौन रोगीका लागि बनाइएका विशेष क्लिनिकमा पनि यो भेटिने गर्छ ।

सुरक्षित सेक्सको अर्थ पेनिट्रेशनको क्रममा सतर्क रहनु मात्र होइन । यसबारे लेस्बियन र साधारण दुबैले याद राख्नुपर्छ । हामीमध्ये धेरैलाई कण्डम र गर्भनिरोधक औषधीबारे थाहा छ । हामीलाई यसबारे स्कूलका दिनदेखी नै थाहा छ । तर डेन्टल ड्याम र लेटेक्स ग्लोभ्स यो विषयमा निकै फरक छन् ।

समलैङ्गिकतामा सुरक्षित सेक्सको विषयमा कुरा नै हुँदैन । यसमा अनुसन्धानको पनि निकै अभाव हुन्छ । सन् २०१६ मा नेशनल एलजीबीटी पार्टनरशीपको एक सर्वेक्षणमा १ सय १ लेस्बियनमध्ये आधाभन्दा बढिका अनुसार सेक्सुअल हेल्थ क्लिनिकमा उनको अनुभव नकारात्मक रह्यो । बीबीसी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित