दशैंमा मुटु रोगीले के खाने, के नखाने ?

दसैैंको सयममा नेपालीहरूले खाना होस् या खाजा; मासु छुटाउँदैनन् । दसैंमा मासुभात, मासुचिउरा तथा मासुका अनेक परिकारसँगै मसालेदार र अधिक चिल्लो भएका खानेकुरा बढी प्रयोग हुन्छ ।

नेपालीको भान्सामा पाक्ने खानेकुरा सामान्य चाडबाडमा मात्र नभई अन्य समयमा पनि मुटुका लागि उपयुक्त हुँदैन । दसैंको समयमा बढीजसो रातो मासुका परिकार बनाउने गरिन्छ, यो मुटु रोगीका लागि झनै हानिकारक हो ।

मुटुका बिरामीले विशेषगरी चाडबाडको समयमा स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । रातो मासु नखाने, रक्सी सेवन नगर्ने, धुम्रपान नगर्ने, चिल्लो पदार्थ कम गर्ने, कुखुरा माछा पनि थोरै मात्रामा खाने, चिल्लो बढी भएको माछामासु तथा अन्य खानेकुरा खाँदै नखाने, नुन धेरै हालिएको खानेकुराबाट पनि टाढा रहनुपर्छ ।

मुटुका बिरामीहरूले एक–दुई टुक्रा सेतो मासु र प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानु नै सबैभन्दा उत्तम उपाय हो ।

(नर्भिक अस्पतालकी डाइटिसियन प्रनिति सिंहसंगकाे कुराकानीकाे अाधारमा )

प्रतिक्रिया

सम्बन्धित