दशैँमा स्वादिलो खसीको मासु पकाउने सजिलो तरिका (विधि सहित)

काठमाडौं / नेपाली हिन्दुहरुको महान चाड बडा दशैं नजिकिएको छ । दशैंमा विशेष गरि खसीको मासुका परिकार खाने चलन छ । खसीको मासु हरेक जसो नेपाली परिवारको भान्सामा पाक्ने गर्छ । तर खसीको मासुमा केही कुरा थपेर मासुलाई थप स्वादिष्ट बनाउन सकिन्छ ।

आवश्यक सामग्री

खसीको मासु
टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी
जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल
खुर्सानीको धुलो, तेजपत्ता सुकमेल लगायतका मसला

विधि :

सुरुमा जीरा र धनियाँलाई पिस्ने र त्यसपछि लसुन अदुवा राखेर पिस्ने।
अब त्यो मसलालाई मासुमा राख्ने र राम्रोसंग मोल्ने ।
त्यसपछि त्यसमा नुन, तेल, बेसार राखेर मोल्ने ।
राम्रोसनग मोलेपछी छोपेर राख्ने ।
अब एउटा भाँडामा तेल तताउने र तेल तातेपछि प्याज फुराउने ।
प्याज खैरो भएपछी टमाटर राख्ने र केही छिन छोपेर पाक्न दिने ।
त्यसपछि त्यसलाई सेलाउन दिने र पेस्ट बनाउने ।
अब एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि तेज्पत्ता, सुकमेल लगायतका मसला फ्राई गर्ने ।
फ्राई गरेपछि त्यसमा मासु राख्ने र पकाउने ।
अब मासुलाई चलाउने र त्यसमा गरम मसला र प्याज टमाटरको पेस्टलाई राख्ने ।
त्यसपछि त्यसलाई राम्रोसंग चलाउने र छोपेर पकाउने ।

प्रतिक्रिया

सम्बन्धित