प्लास्टिकको गिलासमा पानी पिउँदै हुनुहुन्छ ? सावधान !

प्लास्टिकका साना कणलाई माइक्रोप्लास्टिक भनिन्छ । सामान्यतः प्लास्टिक भन्नाले वातावरणलाई असर गर्ने पदार्थ भन्ने बुुझिन्छ । यही प्लास्टिकका कण अर्थात् माइक्रोप्लास्टिक हामी दिनहुँ खान्छौं । हामीले दैनिक रुपमा प्रयोग गर्ने साबुन, फेसवास, बडिवास, बियर, बोत्तलको पानीजस्ता साधनमा माइक्रोप्लास्टिक प्रयोग गरिएको हुन्छ । त्यहीमार्फत् हाम्रो शरीरभित्र माइक्रोप्लास्टिक गइरहेको हुन्छ ।

सबैभन्दा बढी माइक्रोप्लास्टिक सी फुड्स अर्थात् सामुद्रिक खानाबाट जान्छ । स्कटल्याण्डको हेरियट वट युनिभर्सिटीले गरेको एक अनुसन्धानअनुसार हरेकपटकको खानाका साथ कम्तीमा पनि १ सय देखि २ सयको संख्यामा निकै साना प्लास्टिकका कण शरीरमा जान्छन् । यसअनुसार एक सामान्य व्यक्ति एक वर्षमा १३हजार ७ सय ३१ देखि ६८ हजार ४ सय १५ प्लास्टिकको कण दैनिक खानाका साथ खान्छ ।

यति धेरै प्लास्टिक शरीरमा जाँदा स्वास्थ्यमा कत्तिको प्रभाव पर्छ त ?

प्लास्टिकलाई सजिलै नष्ट गर्न सकिँदैन । जमीनमुनी रहेपनि यो नष्ट हुन हजारौं वर्ष लाग्छ । यस्तो चिज पेटमा कसरी पच्छ त ? हो, यो माइक्रोप्लास्टिकले शरीरमा नराम्रो प्रभाव पार्छ । प्लास्टिकलाई नरम बनाउन थ्यालेट्स नामक रसायन प्रयोग हुन्छ । यही रसायन स्तन क्यान्सरको प्रमुख कारण हो । यसका अलावा यसले कलेजो, मिर्गौला र पेटमा असर पार्छ । मष्तिष्कमा पनि माइक्रोप्लास्टिकले असर पार्ने पनि देखिएको छ ।

कसरी प्रभाव पर्छ ?

खानाका साथ जब माइक्रोप्लास्टिक शरीरमा जान्छ, या त आन्द्रामा टाँस्सिन्छ, या रगतसँग मिसिन्छ । रगतमा मिसिएपछि यो रगतसँगै शरीरका विभिन्न अंगमा पुुग्छ र त्यही जम्मा भएर बस्छ ।

हावामा पनि हुन्छ

माइक्रोप्लास्टिक हावामा पनि हुन्छ, जुन श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुुग्छ र जम्मा हुन्छ । यसका कारण फोक्सोमा कैयौं प्रकारका रसायन निर्माण हुन्छन्, जसबाट फोक्सो सुुन्निन्छ । हामीले माइक्रोप्लास्टिकबाट हुने खराब प्रभावबाट बच्न न सक्दैनौं, तर कम भने गर्न सक्छौं । यसका लागि :

प्लास्टिकको प्रयोग कम गर्ने
पोलिथिनको प्रयोग पुर्ण रुपमा बन्द गर्ने
प्लास्टिकको बोत्तल, गिलास, प्लेटमा खाना खाना, पानी पिउन बन्द गर्ने
तातो चिया, कफी, सुप आदि प्लास्टिकको भाडामा प्रयोग नगर्ने । एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित