बिहान खाली पेटमा दूध चिया कि कालो चिया ?

चिया धेरै नेपालीले पिउने पेय पदार्थमा पर्छ। बिहान ओछ्यानमै चिया पिउने त नेपालीको चलन नै बनेको छ। कतिपय त चिया नपिई नित्यकर्म गर्न सक्दैनन्। अधिकांश नेपालीले बिहान चिया पिउछन्। के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो ? बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन्। चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ। चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ।

चिया पिउनुका फाइदा नभएका होइनन्। तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ। दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन ।खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ। यसले पेटको अल्सर पनि हुनसक्छ। दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन्। ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ।

धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ, अध्ययन प्रतिवेदनमा भनिएको छ। यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो। तातो चियाले घाँटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ। दूध चियाले मोटोपन बढाउछ। चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ। दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो। दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित