चिया पिउनुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस्

अनियमित लाइफ स्टाइल तथा खानपानको गलत बानीको असर शरीरका साथै छालामा पनि पर्न जान्छ । यसले कम उमेरमा छालाको चमक कम हुन सक्छ । त्यसैले मुम्बईका डाइटिसियन डा. नेहा चाँदना डाइटमा हर्जल चिया सामेल गर्न सल्लाह दिन्छिन् । यसले छालाको गोरोपन बढाउनुका साथै अनुहारको चमकसमेत बढाउँछ । त्यसैले चिया पिउनुभन्दा पहिले यी कुरामा ध्यान दिनुहोस्

ग्रिन टी : ग्रिन टी खाने हो भने छालाको रङ गोरो हुन्छ ।
ब्ल्याक टी : यसमा पाइने एन्टिअक्सिडेन्टले छालालाई बचाउने काम गर्छ । यसले छालाको चमक बढाउँछ ।
पुदिनाको चिया : यसमा मेन्थाल हुन्छ । यसले चेहरा गोरो बनाउन मद्दत गर्छ ।
अदुवाको चिया : यसले छालाको चमक बढाउन मद्दत गर्छ । छालाका विभिन्न समस्याबाट बचाउँछ ।
लेमन टी : यसमा एन्टिब्याक्टेरियल तथा एन्टिभाइरल हुन्छ । यसले चेहरालाई गोरो बनाउन मद्दत गर्छ ।
जिराको चिया : यसमा एन्टिअक्सिडेन्ट तथा ब्याक्टेरियल हुन्छ । यसले छालामा आउने डन्डिफोर ठीक पार्छ । बढ्दो उमेरमा अनुहारमा समस्या आउँदैन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित