यसरी हटाउनुहोस् चश्माले बनेको दाग

 

आँखा हाम्रो शरीरको एक संवेदनशिल अंग हो । आँखाको सुरक्षाका लागि हामी अनेक उपायहरु अपनाउने गर्छौ । तर, कुनै कारणवश यदि तपाईंको आँखामा केही समस्या भयो वा घामको किरणबाट जोगिन तपाईं चश्माको प्रयोग गर्नुहुन्छ । तपाईंले प्रयोग गर्ने चश्माले तपाईंमो आँखा र नाकमा चश्माको दाग बस्न सक्छ ।

तपाईं यदि निरन्तर चश्माको प्रयोग गर्नुहुन्छ भने तपाईंले ध्यान दिनु पनि भयो होला तपाईंले प्रयोग गर्ने चश्माले तपाईंको आँखा र नाकको दुवै तिर कालो दाग बसेको । त्यो दागले गर्दा तपाईं चिन्तित हुनुहुन्छ की दाग कसरी हटाउने भने आयुुर्वेदमा त्यसको उपाय दिएको छ । हामी तपाईंलाई केही यस्ता उपाय बताउन चाहन्छौँ जसको प्रयोगले तपाईंको चश्माले बनेको दाग सजिलै हटेर जान्छ । चश्माले बनेको दाग कसरी हटाउनेः

१. एलोवेराः छालालाई शितलता प्रदान गर्ने सबैभन्दा राम्रो उपाय हो एलोवेरा अर्थात घ्यूकुमारी । चश्माले बनेको दागलाई हटाउनका लागि एलोवेराको प्रयोग गर्न सकिन्छ । एलोवेरालाई चश्माले बनेको दागमा लगाएर सुखि सकेपछि चिसो पानीले धुने ।

२. आलुः उमालेको आलुको पेस्ट बनाएर दागमा लगाउने र १५ मिनेट सम्म छोड्नुस । उक्त पेस्टलाई नियमित लगाउनाले दाग हटेर जान्छ ।
३. काक्रोः काक्रोलाई स्लाइस बनाएर आँखामा राख्ने र विस्तारै रगड्ने । यो प्रक्रिया पनि नियमित गर्नाले तपाईंको दाग हट्छ ।
४. कागतीः पानीमा कागतीको रस मिसाएर त्यो रसलाई कपासले दाग भएको ठाउँमा लगाउने । १५ मिनट पनि चिसो पानीले पखाल्ने ।
(भारतीय आयुर्वेद संस्थानको सहयोगमा, हाम्राे डाक्टरबाट)

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित