कपाल झर्नबाट कसरी छुटकारा पाउने? यस्ता छन् केहि घरेलु उपायहरू

कपाललाई मजबुत बनाउने प्रमुख तत्व भनेको मानिसको जीन्स नै हो । यद्यपि कयौं बाहिरी कारणहरुले पनि यसमा प्रभाव पारेको हुन्छ । खराब जीवनशैली र जंक फुडले कपाललाई नोक्सानी पुर्‍याउँछन् । यसका अलावा भिटामिन ए, बी, प्रोटिन, इत्यादिको कमिले पनि कपाल र्झन सक्छ । यहाँ हामी केही सजिला घरेलु विधिहरुको वर्णन गर्दैछौं जसले कपाल र्झनबाट रोक्नेछ ।

नियमित तेल लगाउनुस

नियमितरुपमा तेल लगाउनाले कपालको मोइस्चर कायम रहन्छ । तेललाई अलिकति तताएर पनि लगाउन सकिन्छ ताकि तेलले कपालको जरालाई राम्ररी अँठ्याउन सकोस । तेल लगाएर १५ मिनेटसम्म हल्का हातले मसाज गर्नुस ।

सही सेम्पुको छनोट

आफ्नो कपालको प्रकृतिअनुसार सही सेम्पुको छनोट गर्नु महत्वपूर्ण हुन्छ । सेम्पुलाई सोझै कपालमा दल्नुको साटो त्यसलाई थोरै पानीमा मिसाएर पहिले डाइल्यूट गर्नु उपयुक्त हुन्छ । अत्यधिक सेम्पुको प्रयोगले पनि कपाल कमजोर भएर र्झन थाल्छ । सल्फेट र प्याराबिन मुक्त सेम्पुको छनोट गर्नुस ।

कपाललाई गहिराईदेखि कन्डिसन गर्नुस

कुनै खास मौकामा मात्र कपाललाई कन्डिसन गरेर तपाईंको कपाल स्वस्थ हुन सक्दैन । हरेक पटक कपाल धोएपछि कन्डिसन गर्नुस । कन्डिसनर लगाउनुभन्दा अगाडि कपाललाई तौलियाले राम्ररी पुछ्नुस । महिनामा एक पटक घरमा तयार गरिएको हेयर प्याकले पनि कपाललाई कन्डिसन गर्नुस ।

तातोपानी प्रयोग नगर्नुस

तातो पानीले कपाल डिहाइड्रेटेड हुन्छ र टुक्रिन थाल्छ । त्यसैले कपाल धुनका लागि तातो पानीको प्रयोग सकभर नगर्नुस । कोठाको तापमान वा त्यसभन्दा अलिकति चिसो पानी प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ ।

सागपात र फलफुलको सेवन

आफ्नो खानामा प्रोटिन र आइरनयुक्त खाद्यपदार्थ समावेश गर्नुस । हरियो पत्तेदार सागपात, किसमिस, अन्डा, ब्रोकाउली, दही, बदाम इत्यादिको सेवन गर्नुस ।

तनावबाट मुक्त रहनुस

धेरै तनाव लिने व्यक्तिहरुको कपाल झर्नुका साथै चाँडै फुल्छ पनि । यसले कपालको वृद्धिमा पनि नकारात्मक असर पुर्‍याउँछ । त्यसैले औषधि र योगले आफ्नो तनाव कम गर्नुस ।

चिसो कपाल नकोर्नुस

चिसो कपाल अत्यन्तै कमजोर हुन्छ । त्यो एकदम छिटो टुक्रिन सक्छ । त्यसैले चिसो कपालमा काइयो नदौडाउनुस । यसका साथै प्लास्टिक वा पातलो दाँतबाला काइयोले पनि कपालमा नोक्सानी पुर्‍याउँछ । कलाललाई हावामा सुक्न दिनुस र मोटो दाँत भएको काइयोले कोर्नुस ।

कपाललाई बाँधेर नराख्नुस

कपाललाई कसिलो गरी बाँधेर राख्यो भने चाँडै टुट्न थाल्छ । यसले चाया पर्ने र चिलाउने समस्या पनि उत्पन्न हुन सक्छ । त्यसैले कपाल सकेसम्म खुल्ला नै छोड्नुहोस, अन्यथा खुकुलो गरी बाँध्नुहोस । हेयरब्यान्ड, स्कार्फले कपाललाई लामो समयसम्म ढाकेर राख्यो भने पनि घर्षणले गर्दा कपाल टुट्न सक्छ ।

स्टाइलिङ प्रोडक्टको प्रयोगमा सतर्कता

हेयर स्टाइलिङ प्रोडक्ट, जस्तै जेल, क्रिम आदिले कपाललाई नोक्सान पुर्‍याउन सक्छ । यिनीहरुको प्रयोगपश्चात कपाललाई राम्ररी धुन नभुल्नुस । अन्यथा यी वस्तु कपालको छालामा टाँसिएर रहन्छन् र कपालको वृद्धिलाई अवरोध पुर्‍याउँछन् ।

समय-समयमा कपाल छाँट्नुस

कपाललाई नियमितरुपमा ट्रिम गर्नाले कपालका टुप्पोलाई पुग्ने क्षति कम गर्न सकिन्छ । हरेक प्रकृतिका कपालको ट्रिम गर्ने समयावधि अलग अलग हुन्छ । आमरुपमा चारदेखि ६ महिनामा कपाल ट्रिम गर्नुपर्छ । यसले कपालको हाँगा फाटेर रुखो हुँदैन ।एजेन्सी

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित