ह्यान्ड स्यानिटाइजरको प्रयोग हुन्छ घातक : अनुसन्धान

काठमाडौं / शौचालय गएपछि वा खाना खानुअघि ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुहुन्छ ? त्यसो हो भने सचेत हुनुस् । अनुसन्धानले देखाएअनुसार, स्यानिटाइजरले हामीलाई फाइदाभन्दा बढी नोक्सान पुर्‍याउँछन् । स्यानिटाइजरको एक थोपाले हत्केलाका सबै कीटाणुलाई मार्छ भन्ने सोच गलत हो । धेरैजसो स्यानिटाइजर ६० प्रतिशत अल्कोहलका साथ आउँछन् र कीटाणु पूरै मार्न यो पर्याप्त हुँदैन । साबुनले हात धुनु बढी राम्रो हो ।

तपाईंको स्यानिटाइजरमा अल्कोहलको मात्रा कम छ भने ट्राइक्लोस्यानको मात्रा पक्कै धेरै होला । ट्राइक्लोस्यान एक शक्तिशाली एन्टीब्याक्टेरियल एजेन्ट हो । यसको नियमित प्रयोगले तपाईंलाई एन्टीबायोटिक्सले छुन नसक्ने बनाइदिन्छ । यसको अर्थ हुन्छ : ट्राइक्लोस्यानले तपाईंलाई रुघाखोकीमा एन्टीबायोटिकले काम गर्न नसक्ने बनाउँछ । अल्कोहल भएका स्यानिटाइजरले सामान्य ब्याक्टेरियालाई सुपरबग बनाइदिन्छ ।

ह्यान्ड स्यानिटाइजरको लगातार प्रयोगले छाला सुब्खा बनाइदिन्छ र छालासम्बन्धी अनेक रोग लगाइदिन्छ । स्यानिटाइजरको प्रयोगलगत्तै ह्यान्ड लोसन लगाउने सल्लाह दिइन्छ । धेरैजसो स्यानिटाइजरमा फथालाटेस राखिएको हुन्छ र त्यो खतरनाक रूपमा विषालु हुन्छ । सुँघ्दा वा अन्य माध्यमबाट यो शरीरमा पुगेर हानि गर्छ । यसको सबभन्दा नराम्रो असर भनेको नपुंसकता हो ।

स्यानिटाइजरले खराब ब्याक्टेरियाका साथै राम्रो ब्याक्टेरियालाई पनि मारिदिन्छ । यो तपाईंको रोगप्रतिरोधक क्षमताका लागि पटक्कै राम्रो होइन । मेलबर्न विश्वविद्यालयले हालै गरेको अनुसन्धानका अनुसार, अल्कोहल भएका ह्यान्ड जेल र स्यानिटाइजरले सामान्य ब्याक्टेरियालाई सुपरबग बनाइदिन्छ । यस्ता स्यानिटाइजरको आवश्यकताभन्दा बढी प्रयोगले एन्टीबायोटिक मात्र नभई अन्य औषधिले पनि नछुने बनाएको छ जसकारण अस्पतालमा बढी नै संक्रमण हुने गरेको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित