शरीरमा मुसा आएर चिन्तित हुनुहुन्छ, यसो गर्नुस् केहि दिनमै मुसा गायब हुन्छ

हाम्रो छालामा जिवाणुको कारणले गर्दा स–सानो मासु पलाउने गर्दछ । जस्ले हाम्रो छालाको माथिल्लो तहमा असर गर्दछ । जस्ले गर्दा मासु छिटो बढ्ने हुन्छ । साधारणतया गाँठोगुठ्ठि धेरै खतरनाक हुदैंन । गाँठोगुठ्ठि प्रायजसो घाँटीमा आउने गर्दछ । यीनीहरु धेरै नै नराम्रो देखिन्छन् । गाँठोगुठ्ठि सानो मासु झुण्डिएको जस्तो देखिन्छन् । त्यसैगरी मासुको र यसको रङ्ग समान हुन्छ । यसैकारणले गर्दा मानिसहरु यसलाई हटाउन चाहन्छन् ।

गाँठोगुठ्ठिलाई कसरी हटाउन सकिन्छ ?

सबैभन्दा पहिला गाँठोगुठ्ठि हो वा स्किन ट्याग (छालाको घाउ ) हो भन्ने छुट्याउनको लागि डाक्टरलाई जँचाउनुहोस् । स्किन ट्याग पनि घाँटिमा आउने गर्दछ र यो गाँठोगुठ्ठि जस्तै देखिन्छ । तर यीनीहरु दुबैको उपचार छुट्टाछुट्टै गरिन्छ । घाँटीमा आउने गाँठोगुठ्ठिलाई हटाउनको लागि प्रायजसो घरेलु उपचारका रुपमा लसुनको प्रयोग गरिन्छ । लसुनमा शक्तिशाली विषाणुनाशक ,जीवाणुनाशक गुण हुन्छ । जस्को कारणले गर्दा गाँठोगुठ्ठिको विषाणु संक्रमणबाट बच्न मद्धत पुग्दछ ।

विधि : केही लसुनलाई गाँठोगुठ्ठि भएको ठाउँमा थिचेर राख्नुहोस् । त्यसपछि यसलाई पट्टिले बाँध्नुहोस् । र यसलाई ३० मिनेटसम्म त्यसै छोड्नुहोस् । त्यसपछि पानीले पखाल्नुहोस् । यस विधिलाई प्रत्येक दिन २ पटक २ हप्तासम्म गर्नाले राम्रो परिणाम मिल्दछ । लसुनले गाँठोगुठ्ठिलाई खटिरामा परिणत गरी १ हप्तामै झार्दछ । सधैं नयाँ लसुनको प्रयोग स्वस्थ छालामा असर नपर्ने गरी गर्नुहोस् ।

ध्यान दिनुपर्ने कुराहरु :

गाँठोगुठ्ठि शरीरमा एक ठाउँबाट अर्को ठाउँमा सर्दछ । तपाइँले यस समस्याको उपचार गर्दा गाँठोगुठ्ठिमा लगाईसकेपछि त्यस सामाग्रीलाई अरु भागमा प्रयोग नगर्नुहोस् । र अरुलाई पनि गर्न नदिनुहोस् । तपाइँलाई मधुमेह छ भने , खुट्टाको गाँठोगुठ्ठिको उपचार गर्ने प्रयास नगर्नुहोस् । आफ्नो अनुहार वा संवेदनशील अङ्ग जस्तै स् प्रजनन अङ्ग , मुख वा नाकको प्वालमा भएको गाठोगुठ्ठिलाई घरेलु उपाय अपनाई हटाउने प्रयास नगर्नुहोस् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित