के खान्छिन् बेलायती महारानी? ९२ वर्षमा पनि अझै छिन् हृष्टपुष्ट….

खाना मानिसकाे अनिवार्य आवश्यकता हो । खान नजान्दा यही रोगको कारक बन्छ। सन्तुलित खानाले मानिसलाई स्वस्थ्य र दीर्घजीवी बनाउँछ। बेलायती महारानी एलिजाबेथ उमेरले ९२ वर्ष पुगिन् तर अहिले पनि उनी हृष्टपुष्ट र आफैँ हिँडडुल गर्नसक्ने अवस्थामा छिन्। यो उमेरमा पनि यति स्वस्थ रहेकी उनी कस्ताे खाना खान्छिन् हाोला भन्ने चासोको विषय हाे। उनको दैनिक सामान्य मानिसको भन्दा फरक छैन। एलिजाबेथ बिहान साढे सात बजे केही बिस्कुट, ‘ग्रे टी’ र दूध पिउने गर्छिन्। त्यसपछि उनी हिँडडुलका लागि तयार हुन्छिन्। त्यससछि उनले ब्रेकफास्टमा राजुकमार फिलिपसँगै कर्नप्लेक्स दही र जाम खाने गर्छिन्। उनले लञ्च भने दिउँसो एक बजे लिने गरेकी छन्। उनले पहिलो रोजाइ माछा रहेको राजदरबारका पूर्व सेफ म्याकग्राण्डी बताउँछन्। उनले सालमनको टिएन सहित फनेल र स्याउको सलाद मन पराउने मैकग्राण्डीको भनाइ छ। त्यस्तै अपराह्न चियामा रमाउने महारानीले साथमा केही पेस्ट्री लिने गरेकी छिन्। साँझको खाना उनी राजकुमार फिलिपसँगै बसेर खान्छिन्। त्यसमा उनले ल्याम्ब, मटन, माछा र बिफका साथमा भेज र केही चकलेट पनि लिने गरेकी छिन्। सुत्नुअघि भने उनले दूध र चकलेट लिने गरेकाे जनाइएकाे छ। यदि तपाईं अधिकांश व्यक्तिजस्तै नियमित रुपमा व्यायाम गरी पसिना बगाउन खासै जाँगर चलाउनु हुन्न भने व्यायाम गर्न तपाईंलाई पर्याप्त उत्प्रेरणाको कमी छ भन्ने बुझ्नुहोस्। अहिले ‘टाइम’ म्यागाजिनका लागि कभर स्टोरी ‘द एक्सरसाइज क्योर’ लेखिरहँदा २० प्रतिशत अमेरिकीहरूले मात्र उनीहरूलाई दिइएको परामर्श अनुसार साताको १ सय ५० मिनेटको भारी व्यायाम र कार्डियोभास्कुलर व्यायाम गरिरहेका छन् ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित