यसरी बनाउनुहोस् साँधेको स्वादमा कुखुराको मासु

साँधेको कुखुराको मासु संसारभर प्रचलित परिकार हो । स्पाइसी चिकेनको नामले यो सबैतिर चर्चित छ । प्रायः रेस्टुरेन्टहरूमा यो स्वाद लिने गरिन्छ । तर, कुखुराको मासु घरमै पनि साँधेर खान सकिन्छ ।

बनाउने तरिका

० कुखुराको मासुका पिस पानीमा उमाल्ने । करिब १० मिनेटजति उमालेपछि मासु पाक्छ । पाकेको मासु निकालेर एउटा भाँडोमा राख्ने । उमालेको पानी तर्‍याउनुपर्छ ।

० मासुमा बेसार, नुन, काटेको लसुन, अदुवा र हरियो धनियाँ राख्ने र मज्जासँग मोल्ने । केही बेर यत्तिकै रहन दिने ।

० अर्को कुनै भाँडो चुलोमा बसालेर तोरीको तेल तताउने । तेल तातेपछि हरियो खुर्सानी, मेथी पड्काउने ।

० तेलमा खुर्सानी र मेथी फुरेपछि मासु राखिएको भाँडोमा खन्याउने । अब फेरि मासुमा सबै मसला नभिजुन्जेल राम्रो गरी मोल्ने ।

० केही बेर मोलेपछि मासु खानका लागि तयार हुन्छ । यसरी साँधेको कुखुराको मासु (स्पाइसी चिकेन) खाना र खाजासँग खाना पनि निकै स्वादिलो हुन्छ ।

आवश्यक सामग्री

२५० ग्राम पिस पारेको चिकेन, ५० एमएल तोरीको तेल, ५० ग्राम अदुवा/लसुन, ५० ग्राम धनियाँ, २० ग्राम हरियो खुसार्नी, एक चियाचम्चा बेसार, एक चियाचम्चा नुन, सानो आधा चम्चा बेसार, केही दाना मेथी, चिकेन मसला दुई चम्चा ।

प्रतिक्रिया

सम्बन्धित