बिपन्नता र हिंसाका कारण किशोरीहरू यसरी बाध्य बन्छन् यौन पेशा अंगाल्न

इटहरी / सुनसरी ग्रामिण क्षेत्रमा घर भएकी एक युवतीको आर्थिक अवस्था एकदम कमजोर छ । बस्नका लागि घर छ तर घर भएको जग्गा आप्mनो होइन । उनका वुवा गाडी चलाउनु हुन्छ । तर यसबाट कमाएको पैसा घर पुग्दैन । बेलुका रक्सिमा सकिन्छ । उनकी आमाले घाँस दाउरा काटेर बेचेको आम्दानीको भरमा दुईछोरा छोरी पाल्न धेरै नैं कठिनाई थियो । कक्षा सातमा पढ्दै गरेकी १४ बर्षिया ती किशोरीले सवै माया मारेर आफ्नो पेट पाल्न होटलमा काम गर्न शहर पस्ने निर्णय गरिन । यो ५ बर्ष अघिको कुरा हो । होटलमा भाँडा माँझ्ने काम त पाइन तर होटल मालिकले उनलाई राख्नुको उदेश्य अर्कै थियो । जर्वजस्ती उनले होटलमा ग्राहकको यौन सन्तुष्टि पुरा गर्नु पर्यो । यस्तो काम गर्दिन भन्दा उल्टै काम छोड्न धम्कि आयो । खान लाउन नै समस्या भएपछि उनी बाध्य भएर यौन बजारमा प्रवेश गरिन ।

पूर्वी पहाडी जिल्लाबाट सुन्दर सपना देखेर २१ बर्षकी अर्की युवती सुनसरी आइपुगीन २०७० सालमा । जति बेला उनी १९ बर्षकी मात्रै थिइन । दुई जना दीदी र तीन जना दाजु भाईकी चेली उनलाई सुनसरी आउनु पर्नाका कारण थियो घरमा हुने हिंसा र बिभेद । घरको आर्थीक अवस्था कमजोर थियो । पाखोबारीमा फलेको अन्न पातले घरमा खान लाउन मुस्किल पथ्र्यो । आर्थीक अवस्था कमजोर भएका कारण यसैको निहुँमा झगडा भइरहन्थ्यो । छोरी भएका कारण पनि उनले हिंसा र बिभेद सहनु पर्यो ।

झगडा र बिभेदले उनलाई घर छाड्न पाएनी हुन्थ्यो जस्तो लाग्थ्यो । घर भित्रै भाइलाई माया र आफूलाई हेला भएपछि उनको मनमा ग्लानी बढ्दै गयो । सुनसरी आएर काम गरेर घर फिरेकाहरुले भन्ने गर्थे सुनसरीमा गएपछि काम पाइन्छ । उनले पनि सुनसरी आउने दुई चार पैसा कमाएर घरको गर्जो टार्ने सपना देखीन । एसएलसी पास नभएपछि शहरी सपना देखेर सुनसरी हानिएकी उनलाई शहरको सपनाले झन् दुख दियो । आफन्तकोमा शुरुका केहि दिन बस्दा एउटा पसलमा काम त पाइन तर महिनावारी पाउने ३५ सय रुपैयाँले उनको जीन्दगी चलेन । खान लाउनै धौ–धौ परेपछि चिने जानेका साथीसँग होटलमा काम गर्न पुगीन । तर होटलमा भने जस्तो काम पाइन । शहरमा टिक्नकै लागि उनले यौन बजारमा ग्राहकको चित्त बुझाउनुपर्ने काम गर्नु पर्यो ।

पूर्वी नेपालको झापाको ग्रामिण क्षेत्रबाट सुनसरीमा भबिष्य खोज्न आइपूगीन २५ बर्षीया अर्की युवती । एउटा कम्पनीमा काम गरेर पेट पाल्नै नसक्ने भएपछि झापाको एउटा होटलमा काम थालीन । खाना पकाएर बेच्ने होटलमा काम गर्दा गर्दै उनले पनि मनोरञ्जन क्षेत्रमा बाध्यताबस प्रबेस गर्नु पर्ने दिनआयो । यी माथीका तीन जना युवतीको घटना त एउटा प्रतिनिधिमूलक मात्र हो । उनीहरु जस्ता धेरै युवतीहरु अहिले यौन पेसामा पस्न बाध्य छन । यसको मुख्य कारण बिपन्नता र हिंसा रहेको पाइएको छ । एकातिर परिवारमा आर्थिक कमजोरी अर्कातिर आफन्तबाटै कुटपिट तथा दुब्र्यवहार । यस्तै समस्याका बाबजुद पूर्वी पहाड तथा तराईका गाउँठाउँबाट किशोरीहरु कामको खोजीमा शहर भौतारिने गर्दछन् ।
मनोरन्जन क्षेत्रमा किशोरी र केही महिलाहरु पनि संलग्न रहेको पाइन्छ । उनीहरु होटल, रेस्टुरेन्ट, बार, सेकुवा घरहरु र खाजा घरहरुमा कार्य गरेको पाइन्छ ।

तर उनीहरुमध्ये धेरैजसोलाई सम्मानजनक तरिकाले काम गर्न अप्ठ्यारो परिरहेको छ । बिशेष गरि किशोरीहरु यौन तथा बिभिन्न जोखिमजन्य काममा हिंसामा धकेलिदै गएको पाईन्छ । किशोरीहरु इच्छाले हैन बिभिन्न करकाप तथा बाध्यताले यौन ब्यवसाय अंगालेको पाइन्छ । सुनसरीका होटल तथा रेस्टुरेन्टमा सुनसरी र मोरङ्, पहाडी जिल्ला संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम लगायतका ठाउँबाट केही गर्ने सपना बोकेर किशोरी र युवतीहरु आउने गर्दछन् । अवसरको खोजी गर्दै जाँदा सवैभन्दा पहिलेचाहिँ होटल तथा रेस्टुरेन्टमा भाँडा माँझ्ने, खाना पकाउने, सरसफाइ , वेटर जे भएपनि गर्ने भन्दै ठोकिन पुग्दछन् । अनि बिस्तारै उनीहरु बिभिन्न किसिमको यौनजन्य काममा धेकेल्ने गरेको पाईएको छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित