यसकारण फ्रिजमा राख्दै नराख्‍नुहाेस् अण्डा (भिडियाे सहित)

काठमाडौँ / यदि तपाई अण्डा खानुहुन्छ र तिनलाई फ्रिजमा राख्नुहुन्छ भने सावधान ! किनभने यहाँ लेखिएका कारण थाहा पाएपछि तपाईंले कहिल्यै पनि फ्रिजमा अण्डा राख्नु हुने छैन । फ्रिजमा अण्डा राख्दा त्यसको बोक्रामा रहेका ब्याक्टेरिया स्वास्थ्यका लागि हानिकारक हुनसक्छन् ।

अण्डालाई फ्रिजमा राखेपछि त्यसलाई सामान्य तापमा राख्दा कण्डेनसेसन हुने आशंका बढ्छ । कण्डेनसेसनबाट अण्डाको बोक्रामा विद्यमान ब्याक्टेरियाको गति बढ्न सक्छ र उनीहरु अण्डाभित्र पस्न सक्ने सम्भावना पनि बढ्छ । यस्ता अण्डा सेवन गर्नु खतरनाक हुनसक्छ ।

कोठाको तापक्रममा राखिएको अण्डाहरू धेरै दिन टिक्छन् । जबकि फ्रिजमा राखिएको अण्डा उमाल्दा छिटै टुट्ने सम्भावना हुन्छ । यसैगरी केक बनाउनका लागि पनि फ्रिजमा राखिएको अण्डा सही हुँदैनन् । यसरी राखिएको अण्डालाई सही किसिमले फेट्न सकिन्न । थप जानकारीको भिडियो हेर्नुस्।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित