माटाको भाँडाको खाना खाँदा स्वस्थ्यको लागि फाइदै फाइदा


परापूर्वकाल देखिनै माटाको भाँडोमा खाना पकाइन्थ्यो । माटाको भाँडोमा पकाइएको खानाले शरीरका विभिन्न प्रकारका रोगहरुलाई टाढा गर्दछ । खाना पकाइने अन्य भाँडाहरुको तुलनामा माटाको भाँडोमा खाना ढिलो पाक्छ, तर खाना जति ढिलो पाक्छ त्यतिनै पौष्टिक र स्वादिष्ट बन्छ ।

यस्तो खानाले शरीरलाई पूरै फाइदा मिल्छ । भात, खिर, ब्रियानी, माछा,मासु लगाएतका खाना माटाको भाँडोमा पकाउनु राम्रो मानिन्छ । यी परिकारको स्वाद पनि निकै स्वादिलो हुन्छ । भन्ने गरिन्छ, मानिसको शरीरलाई दैनिक १८ प्रकारको सुक्ष्म पोषक तत्वको आवश्यकता पर्छ, जुन केवल माटोबाट मात्र पाइन्छ ।यसै कारण धेरै मन्दिरहरुमा अझैंपनि माटाको भाँडाहरुमै प्रसाद पकाउने गरिन्छ ।

माटाको भाँडोमा खाना पाकाउँदा हुने फाइदाहरु यस प्रकार छन्ः

१- माटाको भाँडाको खाना अन्य भाँडाहरुमा पकाइएको खाना भन्दा धेरै स्वादिष्ट हुन्छ ।

२-माटाको भाँडोमा पकाइएको खानामा माइक्रो न्युट्रिएंट्स पनि कम हुन्छ ।

३- खाना चाँडै खराब हुन्न ।

४-दुध, दही जस्ता खाने चिजहरु माटाको भाँडोमा बनाउनाले यसको स्वाद दुई गुणा बढ्छ ।

५- माटोमा भएको हरेक पोषक तत्व मानव शरीरलाई आवश्यकता हुन्छ । साथै यसमा खाना पकाउनाले स्वस्थ्यलाई धेरै फाइदा हुन्छ ।

६- खाना ढिलो पाक्नाले तेल कम प्रयोग हुन्छ । यसले कोलेस्ट्रोललाई कन्ट्रोल हुन्छ ।

७-माटाको भाँडोमा खाना लामो समयसम्म तातो रहन्छ

प्रतिक्रिया

सम्बन्धित