कान समातेर उठबस गर्नुका फाइदै फाइदा

एजेन्सी। सानो छँदा स्कुलमा शिक्षकले कान समातेर उठबस गर्न लगाएको सम्झनुहुन्छ ? सायद धेरैजनाको अनुभव यस्तै थियो । अझै पनि नेपालका विद्यालयमा कान समातेर उठबस गर्ने सजाय दिने चलन छ । यो हाम्रा लागि सजाय थियो। तर पख्नुस्, हाम्रा शिक्षकले त्यत्तिकै सजाय दिएका होइनरहेछन् भनेर बल्ल प्रमाणित भएको छ । आजकाल अमेरिका,युरोपतिर कान समातेर उठबस गर्ने चलन व्यापक हुँदैंछ । तर सजायका रुपमा होइन । योगका रुपमा । कान समातेर उठबस गर्ने योगलाई ‘सुपरब्रेन योग’ नाम दिइएको छ।

कान समातेर उठबस गर्नाले मष्तिष्कको काम गर्ने क्षमतामा वृद्धि हुने जनाइएको छ । यसले डिस्लेक्सिया,एन्जाइटी, डिप्रेसन,डिमेन्सियाका बिरामीको अवस्था नाटकीय रुपमा सुधार गरेको प्रमाणित भैसकेको छ। कान समातेर उठबस गर्ने सजाय नेपालमा मात्र होइन, भारत, पाकिस्तानजस्ता दक्षिण एशियाली मुलुकका शैक्षिक संस्थामा परम्परादेखि दिइदैं आएको छ। तर यसले स्नायु प्रणाली र मष्तिष्कमा अक्सिजन प्रवाह गर्न मद्धत गर्छ र पढाईमा ध्यान केन्द्रीत गर्न सघाउ पुर्‍याउँछ।

दाहिने हातले देब्रे कान समात्ने र देब्रे हातले दाहिने कान समात्ने अवधारणा आयुर्वेदीय पद्धतिबाट आएको मानिन्छ। यसरी समात्दा कानको लोतीमार्फत् उर्जा प्रवाह भई दुवै तर्फको मष्तिष्कको कार्य अझ बढी राम्रोसंग प्रेरित गर्छ । यो योगा गर्नेहरुले तत्काल सन्तुलित र शान्त महसुस गर्ने गरेको बताउने गरेका छन्।

अनुसन्धानमा संलग्न डा जोय पी जोन्सका अनुसार यो योगले कानको एक्युपंचर बिन्दुलाई सक्रिय बनाउछ, जसले मुख, आँखा, पाठेघर, निधार र मष्तिष्कलाई उत्तेजित पार्छ।
-स्वास्थ्य खबरपत्रिकाबाट

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित