सावधान ! यी ८ खानेकुराले गर्भपतन गराउछ !

गर्भावस्था निकै जटिल तथा जोखिमपूर्ण अवस्था हो । आमा र गर्भको शिशु दुबैको सुरक्षा र स्वास्थ्यका लागि यो समयमा निकै ध्यान पूराउनुपर्ने हुन्छ । गर्भवती महिलाहरु खासगरी काँचो तथा कम पाकेको खानेकुराबाट बँच्नु पर्दछ । यी खानेकुरा गर्भवती महिलाको गर्भपतन गराउन सक्ने जोखिम हुन्छ :

१ काँचो दुधः राम्रोसँग नउमालेको काँचो दुध पनि गर्भवती महिलाले खानु हुँदैन । यसले पनि फूड प्वाइजनिंग गराउनुका साथै विभिन्न खाले रोगका जिवाणुको संक्रमण गराइ गर्भको शिशुमा असर पूराउन सक्छ ।

२ पोलेका सी फूडहरुः पोलेका र फ्रिजमा राखेका सी फूड गर्भवती महिलाले खानु हुँदैन । किनकी यस्ता खानेकुरामा लिस्टेरिया जिवाणुले संक्रमित गरेको हुन्छ जसले गर्भपतन गराउने जोखिम हुन्छ ।

३ कलेजोः जनावरको कलेजो निकै पोषिलो हुन्छ तथापि यदि उक्त कलेजो रोगी तथा संक्रमित जनावरको भएमा त्योे विषाक्त हुन्छ । स्वस्थ कलेजो नै भएपनि धेरै खानु हुँदैन । यसले गर्भवती महिलामा खराब असर पूराउँदछ र गर्भवतनको जोखिम हुन्छ ।

४ काँचो अण्डाः गर्भवती महिलाले नपाकेको खानेकुराबाट बँच्नुपर्दछ । काँचो अण्डा वा काँचो अण्डा मिसाइएका अन्य खानेकुरा खानु हुँदैन । अण्डा राम्रोसँग नपकाइकन खाँदा त्यसले फूड प्वाइजोनिंग तथा साल्मोनेल्ला जिवाणुका संक्रमण गराउने जोखिम हुन्छ ।

५ घ्यू कुमारीः गर्भवती महिलाले एलोभेरा भएका कुनैपनि खानेकुरा तथा पेय पदार्थ सेवन गर्नु हुँदैन । यसले पेल्भिक रक्तश्राव गराउने र गर्भपतन गराउने खतरा हुन्छ । गर्भावस्थाको सुरुको तिन महिना त एलोभेरायुक्त कुनैपनि सौन्दर्य प्रसाधनका साधन पनि पयोग नगर्नु रामो हुन्छ ।

६ भुइँ कटहरः महिलाले बच्चा जन्माउने बेलामा सजिलो सँग प्रसव होस् भन्नका लागि भुइँकटरहरुको जुस खुवाइन्छ । यदि गर्भावस्थाका सुरुका ३ महिनामा भुइँकटरहरुको जुस धेरै खाएमा त्यसले गर्भपतन गराउने जोखिम अत्यधिक रहन्छ ।

७ मेवाः खासगरी हरियो मेवा धेरै खानाले गर्भपतनको जोखिम हुन्छ । हरियो मेवामा यस्तो इन्जाइम हुन्छ जसले पाठेघरलाई खुम्च्याइदिन्छ । जसका कारण गर्भपतन हुनछ ।

८ टुसा पलाएको आलुः टुसा उम्रिएको आलु केवल गर्भवती महिलाका लागि मात्र होइन जो कोहीका लागि पनि हानिकारक हुन्छ । हरियो टुसा पलाएको आलुमा सोलानिन भन्ने रसायन हुन्छ जुन गर्भको शिशुको वृद्धिका लागि हानिकारक हुन्छ र गर्भपतनको खतरा रहन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित