जीवनमा सँधै गोप्य राख्नु पर्ने ७ कुरा

पूर्वीय दर्शनमा जीवनमा सँधै गोप्य राख्नु पर्ने केही कुराको चर्चा गरिएको छ । कतिपय कुराहरु हामीले अरुलाई नभन्नु नै श्रेयस्कार मानिन्छ । के हुन् त जीवनमा सँधै गोप्य राख्नु पर्ने ७ कुरा ?

१ रतिक्रिडा

कुनै पनि स्त्री र पुरुषबीचको यौनिक क्रियाकलाप अरुसँग भनेर मजा लिने कुरा होइन । जीवनमा यौन सम्बन्धको विषयमा कसैलाई पनि नभन्नुस् । यदि तपाइँले यौन क्रिडाका कुरा अरुलाई भन्न थाल्नु भो भने कुनै न कुनै दिन नकारात्मक परिणाम ब्यहोर्नु पर्ने हुन्छ।

२ धन हानी
जीवनमा तपाइँलाई परेको आर्थिक नोक्शानीको विषयमा कसैलाई पनि नभन्नुस् । मानिसहरुले तपाइँको धन हानी हुँदा तपाइँसँग भएको धनबारे जानकारी पाउने मात्र होइन हानी भएका कारण तपाइँबाट टाढिने समेत खतरा हुन्छ ।

३ घर परिवारको झगडा
परिवारमा झगडा हुनु सामान्य विषय हो । यस्तो कुरा सबैजसो घरमा हुन्छ । यस्ता विषयमा अरुलाई नभन्नुस् । परिवारका झगडा घरभित्र नै गोप्य रहेमात्र समाजमा सम्मानित हुन सकिन्छ । तपाइँको परिवारको झगडा अरुले थाहा पाएमा गलत फाइदा उठाउन सक्छन् ।

४ मन्त्र

गुरुले दिएको मन्त्रलाई पनि गोप्य राख्न पर्ने विषय मानिन्छ । मन्त्र कसैलाई पनि भन्नु हुँदैन किन भने मन्त्रमा शक्ति हुन्छ । गुरुले दिएको मन्त्र सिद्ध हुन सक्छ ।

never to tell things in life 2

५ दान
जीवनमा कसैलाई केही कुरा दिइएको छ भने त्यो विषयमा अरुलाई भन्नु हुँदैन । दान धर्म भनेको अरुलाई भनेर गर्ने चिज होइन । दान धर्मको विषयमा अरुलाई भन्नु भो भने यसको फल प्राप्त हुँदैन ।

६ पद प्रतिष्ठा
पद प्रतिष्ठा प्राप्त भएपछि मानिसहरु मात्तिने हुन्छन् । तर पद र प्रतिष्ठको विषयमा सके सम्म गोप्यता कायम गर्नुस् । पद पाएर मख्ख पर्ने बानी छ भने आजै देखि छोड्नुस् यसले हित गर्दैन ।

७ अपमान

जीवनमा आफू अपमानित भएको कुरा कसैलाई भन्नु हुँदैन । अपमानित भएको विषय अरुलाई भनियो भने तपाइँको मजाक बनाउन सक्छन् । यी ७ कुरा सँधै गोप्य राख्नुस् ।

प्रतिक्रिया

सम्बन्धित