जीवन बदलिदिने ओशोका यी १० विचार

आफ्ना विचारका कारण विश्वमा चिनिएका अनि विवाद समेत खडा गरेका ओशोले धेरै यस्ता प्रेरक विचार बताए, जसले जीवनमा अगाडि बढ्न मद्दत गर्छ । यस्तै, १० प्रेरक प्रसंग जसले तपाईको सोच बदल्दिन्छ ।rajneesh osho images (2)

१. दुखको बारेमा सोचिरहनुहुन्छ भने सधैँ दुःखी रहनुहुनेछ । त्यसैले, सुखको बारेमा सोच्नु थाल्नुहोस् । किनकि, तपाई जुन कुरालाई बढी ध्यान दिनुहुन्छ, त्यही चीज तपाईको जीवनमा हावी हुन्छ ।

२. भोली कहिल्यै आउँदैन, केवल आउँछ त आज । त्यसैले प्रत्येक महत्वपूर्ण र आवश्यक काम आजै गर्नुहोस्, अहिल्यै गर्नुस्। भविष्यको योजना मात्र बनाउँनुहुन्छ भने त्यो भविष्य पनि जब वर्तमान भएर आउँछ तपाई अझै योजना नै बनाइरहनुहुन्छ। योजना बनाउने यो क्रम मृत्यु आएपछि मात्र समाप्त हुन्छ। त्यसैले वर्तमान खेर नफाल्नुस्।

३. आधाआधी ज्ञान लिएर अघि नबढ्नुहोस् । यसो गरेमा तपाई आफैँलाई आफू अज्ञानी रहेको सम्झनुहुन्छ, र अन्त्यसम्म अज्ञानी नै रहनुहुनेछ ।

४. यदि तपाई आफैँ नै आफ्नो संगतमा रमाउनुहुन्न (आफूमा रमाउने) भने अरु कोही कसरी तपाईसँग रमाउन सक्छ ? पहिला तपाई आफूभित्रै रमाउन सिक्नुहोस् ।

५. प्रयास त गर्नैपर्छ । तर, उक्त प्रयासलाई जो बोझिलो बनाउँछ, ऊ हार्छ ।

६. तपाईको मन नै सबैभन्दा ठूलो शिक्षक हो, तपाई आफ्नो मनको कुरा हुन्नुपर्छ । यद्यपी, जीवनको यात्रामा तपाईको भित्रीज्ञान नै शिक्षक हो ।

७. कति सिक्न सकिन्छ भन्दा पनि कति भुल्न सकिन्छ महत्वपूर्ण हुन्छ ।

८. तपाईमा अनन्त सम्भावनाहरु छन्, क्षमताहरु छन् । खाली आफूलाई चिनेर अगाडि बढ्नु आवश्यक हुन्छ ।

९ं. तपाई के चाहानुहुन्छ, त्यो अवश्य गर्नुहोस् । बाँकीले के भन्लान् नसोच्नुहोस्, किनकि बाँकी अरु तब पनि केही न केही भन्छन्, जब तपाई केही पनि गर्नुहुन्न ।

१०. जसले पहिलो कदम उठायो, उसले अन्तिम पनि उठाउँछ । अड्चन पहिलो कदमै हुन्छ, अन्त्यमा होइन ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित