बिच्छीदेखि सर्पले टोकेको ठाउँमा समेत उपयाेगी पुदिना

काठमाडौँ । पुदिना प्राय हामी सबैकाे घरवरिपरी पार्इने एक प्रकारको जडिबुटी हो । यसलाइ हामीले चटनीकाे रूपमा पनि खाने गर्छाैँ, याे निकै नै स्वादिलाे हुन्छ । पुदिना अचारको रूपमा उपभोग गरिने अत्यन्त धेरै औषधीय गुण भएको कुरा वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । पुदिनामा क्यान्सरसँग लड्न अद्भूत क्षमता हुन्छ । शरीरभित्र भएको कतिपय ब्याक्टेरिया र ढुसीको वृद्धिदर रोक्दछ । त्यसैले दम एलर्जीजस्ता रोगमा पुदिना ज्यादै उपयोगी मानिन्छ । यसमा पेरिलिन, अल्कोहल नामक एउटा फाइटो न्यूटि्रन्टस हुन्छ । जसले कोलोन, छाला र फोक्सोको क्यान्सर रोक्दछ । यसले गाँठा, गुँठीको रक्तकोषिकामा प्रहार गर्दछ । ताजा हरियो र अर्गेनिक पुदिनामा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । यसको स्वाद र सुगन्धले भोजन रुचिकर हुन्छ । पुदिना कटु उष्ण, दीर्घ, दीपक तथा कफ वायु उल्टी, पेटको दर्द, वातनाशक गुण यसमा पाइन्छ ।

आमाशयलाई शक्ति दिन्छ । गर्भाशयलाई सक्रिय पार्ने, मासिक धर्मको अवरोध हटाउँछ । पुदिनाले उच्च र निम्न रक्तचापसमेत नियन्त्रण गर्छ । फोक्सोमा जम्मा भएको कफ बाहिर निकाल्नमा पुदिनामा अत्यन्त राम्रो गुण हुन्छ । त्यसैले पुदिना वृद्ध अवस्थाका लागि पनि नित्य सेवन योग्य औषधि मानिएको छ । यो हिमाली प्रदेशबाहेक तराई पहाड जहाँ पनि पाइन्छ । पुदिना बारीको कुना वा डिलतिर थोरै रोपिदिए पनि धेरै फैलिएर जान्छ । सहर बजारमा गमलामै लगाएर पनि प्रशस्त खान सकिन्छ ।यसका बाबजुद पुदिनाका कैयौँ फाइदाहरु छन् । जसले रुघादेखि बिच्छी वा सर्पले टोकेको ठाउँमा समेत अमृत समानको काम गर्छ ।

बिच्छी वा सर्पले टोकेको ठाउँमा पुदिनाको पातको रस लगाएमा बिष मार्न सहयोग पुर्‍याउछ भने रुघा लागेर निकै समयसम्म पनि सञ्चो नभएमा पुदिनाको पात नाकको प्वालमा राखेको खण्डमा यसले पूरै निको पार्दछ । शरिरमा दाद वा छालामा फुस्रोपना आएमा पुदिनाको पातलाई दिनमा चार पटक दाद आएको ठाउँ वा फुस्रो भएको ठाउँमा लगाएमा निको पार्दछ ।

पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् ।

बिच्छी : बिच्छी एक प्रकारको विषालु कीरा हो। यो कीरा माकुरा समूहको जीव हो। बिच्छीहरू धेरै प्रजातीको हुन्छ। बिच्छीको बिषले सर्प पनि मर्छ। बिच्छी हेर्दा गँगटो जस्तै हुन्छ। दुइटा दाँत, एक पुच्छर र छ वटा खुट्टा बिच्छीको शरीरमा हुन्छन्। यसले एक चोटीमा धेरै बच्चाहरू पैदा गर्छ भने यो प्राय सुकेको गोबर कुहिएको पुरानो रुखको बोक्राम पाइन्छ।

सर्प : सर्प एक घस्रने प्रजातीको मांसाहारी सरिसृप जीव हो। प्रकृतिको खाद्य श्रृंखलामा यो द्वितीय वा तृतीय उपभोक्ताका रूपमा रहेको हुन्छ। वैज्ञानिक अध्ययन–अनुसन्धान अनुसार सर्पका सबै प्रजातिहरू मांसहारी हुन्छन्। कोही कीरा–फट्याङ्ग्रा खान्छन् भने कोही भ्यागुता, मुसा जस्ता साना जनावरहरूको शिकार गर्दछन्। अजिंगरले त स–साना बनेल, हरिणका पाठालगायत मान्छेकै केटाकेटी पनि निलिदिन्छ। त्यसैले सर्प, साँप, नाग भन्नासाथ हामी डर, भय, त्रास, कौतुहल, रहस्ययुक्त मनस्थितिमा पुग्दछौँ, भ्रम र भ्रान्तिबोधका शिकार बन्दछौँ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित