अजवाइनको तेल: यी ६ समस्याको एक मात्र समाधान

अजवाइनको प्रयोग स्वास्थ्य र स्वाद दुवैको लागि गरिन्छ । आयुर्वेदका अनुसार, यो एक राम्रो औषधी हो । यति मात्र होइन, अजवाइनको तेल पनि निकै चमत्कारी हुन्छ । अजवाइनको तेल प्रयोग गर्दा हुने यी ६ निकै लाभदायक फाइदा जानीराखौँ ।

१- अजवाइनको तेल एक प्राकृतिक एन्टीबायोटिक औषधी हो, जसको प्रयोग तपाई त्वचाको समस्या, चोट वा घाउ निको पार्न यो निकै प्रभावकारी हुन्छ ।

२- डन्डीफोर, दाग वा फुस्रोपनबाट छुटकारा पाउनको लागि अजवाइनको तेल लगाउनुहोस् । यसको एन्टी ब्याक्टेरियल तत्व डन्डीफोरलाई हटाउन र त्वचालाई सफा एवम् दागरहित बनाउँछ । तर यसलाई सिधा त्वचामा लगाउनु भन्दा यसमा पानी मिलाएर लगाउनुहोस् ।

३- पाचन प्रणालीलाई सन्तुलित गर्नको लागि अजवाइनको सेवन गर्ने गरिन्छ तर यसको तेल पनि पाचनमा लाभदायक हुन्छ । साथै आन्द्राको समस्यामा पनि लाभदायक हुन्छ ।

४- एक शोधका अनुसार अजवाइनको तेल क्यान्सरको सामना गर्छ र तनावलाई कम गर्न सहयोगी हुन्छ ।

५- मुख एवम् दाँतमा हुने समस्याहरू जस्तै: दाँत दुख्ने र नष्ट हुने समस्यालाई कम गर्न तेलको आश्चर्यजनक असर हुन्छ । दुखाई भएको ठाउँमा कपासको टुक्रामा अजवाइनको तेल भिजाएर लगाउनुहोस् ।

६- रुघाखोकी र नाक बन्द हुँदा अजवाइनको तेल निकै उपयोगी हुन्छ, जसबाट तुरुन्त लाभ प्राप्त गर्न सक्नुहुन्छ ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित