मोरङको चेलीसँग राजेशपायलको बिहे

निष्टुरीलाई माया गरी, किन यति धेरै माया लाग्छनी है, मोहनी लाग्ला है, मलाइ पनि अङ्ग्रेजीमा बोल्न सिकाइदेउ न, सोइ ढोले सोए , नाइ नभन्नु ल, तिम्ले बाटो फेरेउ अरे लगायत दर्जनौ पुराना तथा अधुनिक र चलचित्रका चर्चित गित गाएर गायक राजेशपायल राईले आफना प्रशंषकलाई मन्त्रमुग्ध बनाएका छन ।
सुनाखरी खेलमैदान निर्माण सहयोगार्थ पथरीमा संचालित महोत्सवमा सलकपुरलाई चाडै ससुराली बनाउदै छु भन्दै स्टेज चडेका राईले दर्शकलाई झण्डै डेढ घण्टा मनोरञ्जन प्रदान गरे । राईलाइ कार्यक्रममा सम्मान समेत गरियो । गायक राइले कार्यक्रममा रमाइलो तरिकाले अब चाँडै नै मोरङकी चेलिलाई बिबाह गरि सलकपुरमा ससुराली बनाउन लागेको समेत खुलासा गरेका छन ।
महोत्सवमा यसअघि नै विल्सन बिक्रम राई , सरस्वती लामा लगायतका कलाकारले मेलाको माहोल तताईसकेका छन । जेष्ठ १ गतेदेखी ३० गते सम्म संचालनमा रहने महोत्सवमा पथरीशनिश्चरेका दशकले दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरु प्रस्तुतीमा मनोरञ्जन लिएका छन ।

प्रतिक्रिया

सम्बन्धित