ओठले खोल्छ तपाईको स्वास्थ्य संकेत

सुन्दर गुलाबी ओठ कुनै पनि व्यक्तिको व्यक्तित्वलाई अझ सुन्दर बनाउँछ । तर के तपाईलाई थाहा छ कि कसैको ओठ हेरेर पनि उसको स्वास्थ्य अवस्थाको बारेमा अनुमान लगाउन सकिन्छ । चिकित्सकका अनुसार, यदि शरीरमा कुनै समस्या छ भने यसको संकेत ओठमा देखिन थाल्छ । स्वस्थ व्यक्तिको ओठ पनि स्वस्थ र गुलाबी देखिन्छ तर रोगी व्यक्तिको ओठ फाटेको, फिक्का, सेतो र सुन्निएको हुनसक्छ ।

१-सुन्निएको वा फुल्लीएको ओठ:- यो एलर्जीको संकेत हो । कहिले-कहीँ खानाको रिएक्शन र इन्फेक्शनको कारण पनि ओठ सुन्निने समस्या हुन्छ ।

२-ओठ कालो हुनु:- यस्तो शरीरमा आइरन, जिंक, भिटामिन B1, B2, B6, B9, र B12 कमीको कारण हुन्छ । यसको साथै एलर्जी, फूड रिएक्शन र एसिडिटी पनि यसको कारण हुनसक्छ ।

३-फाटेको ओठ:- यो डायबिटीजको संकेत हुनसक्छ । शरीरमा भिटामिन C, न्यूट्रीएन्ट्सको कमी र इम्यून सिस्टम कमजोर हुनुको कारण पनि यो समस्या हुनसक्छ ।

४-ओठमा घाउ:- यो समस्या भाइरल इन्फेक्शन, फोहोर र इम्यून सिस्टम खराब हुनुको कारण हुनसक्छ ।

५-सुख्खा ओठ:- यस स्थिति डिहाइड्रेशन, न्यूट्रीएन्ट्सको कमी, पेटको खराबी वा भित्री ज्वरोको कारण हुनसक्छ ।

६-ओठको छाला निस्कनु:- यस्तो इनडाइजेशन, भिटामिन C र B12 को कमी, डस्ट इन्फेक्शन वा औषधीको साइड इफेक्टको कारणले हुनसक्छ ।

७-ओठको किनारा फाट्नु:- यो समस्या भिटामिन B12को कमी र फंगल इन्फेक्शनको संकेत हुनसक्छ ।

८-ओठ सेतो हुनु:- यो एनीमिया अर्थात् शरीरमा रगतको कमीको संकेत हो । यस अवस्थामा थकान र कमजोरीको समस्या हुन्छ।

प्रतिक्रिया

सम्बन्धित