गर्मीमा शरिलाई शितल बनाउन अपनाउनुहोस यी उपायहरु

गर्मीको समयमा हाम्रो शरीर धेरै तात्ने गर्छ । यस समयमा हाम्रो शरीरको पानी पसिनाको रुपमा धेरै मात्रामा बाहिर निस्कन्छ । त्यसैले हामीलाई गर्मी महसुस हुने गर्छ । यतिखेरको समयमा हाम्रो शरीरले जतिसक्दो चिसो र शितल खोज्ने गर्छ । गर्मीले गर्दा मानिसको पुरा शरिरनै गल्ने गर्छ । त्यसैले मानिसहरुलाई काम गर्न पनि निकै अप्ठ्यारो हुन्छ । यस समयमा खानेकुरामा पनि बडी ध्यान दिनुपर्छ । नत्रभने हाम्रो शरिलाई असर पर्ने गर्छ । आफ्नो शरीरलाई कसरी गर्मी देखि टाढा राख्ने भन्ने कुरा राम्रोसंग जान्नुपर्छ । शरीरलाई खानपानको माध्यमबाट शितल राखियो भने हामीलाई गर्मीको कुनै पनि असर पर्दैन ।

शरीरलाई शितल राख्न मद्धत गर्ने उपायहरु यस्ता छन् :

१) गर्मीमा पसिना बढी आउँछ। त्यसैले शरीरमा पानीको मात्रा कम नहोस् भन्नका लागि झोल पदार्थ प्रशस्त खानुपर्छ। पानी पर्याप्त खाइएन भने स्वास्थ्य खराब त हुन्छ नै, छाला पनि फुस्रो र फुङ्ग उडेजस्तो हुन्छ।

२) पानीको ‘इन्टेक’ बढाउने अनेक तरिका छन्। पानी खाइरहन मन लाग्दैन भने जुस, दही, लसी, कागतीपानी, सर्बत, नरिवलको पानी, तरकारी तथा गेडागुडीको सुप, फलफूल आदि खाएर शरीरमा पानीको आपूर्ति बढाउन सकिन्छ।

३) गर्मीमा चिया, कफी सकेसम्म कम खानुपर्छ। ग्रिन टी खाने बानी बसाल्नु गर्मीमा बढी लाभदायक हुन्छ।

४) गर्मीमा चिसो पानी प्रशस्त खाने गर्नाले पाचन प्रणालीमा सुधार आउँछ भने शरीर शीतल हुन्छ।

५) गाँजर, गोलभेँडा, पालक, काँक्रो, खरबुजा, मेवा, आँपजस्ता फलफूलमा क्यालोरी कम हुन्छ। गर्मीमा यस्ता मौसमी फल खानु ज्यादै राम्रो हो। यसले एसिडिटीको समस्याबाट पनि छुटकारा दिलाउँछ। यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ।

६) गर्मी मौसममा दिउँसोतिर भोक लाग्यो भने फलफूल, सलाद र सुप खान जोड दिनुहोस्। यस्तो हलुका खानाले पेट पनि भरिन्छ र शरीरमा अनावश्यक बोसो पनि लाग्दैन। साथै, शरीरलाई गर्मी हुन दिँदैन।

७) गर्मीमा मोटा मानिसले बिहानको खाजामा केरा खानु राम्रो हुन्छ। यसो गर्दा वजन बढ्दैन। साथै, केरामा पाइने पोटासियम र आइरनले गर्मीमा मानिसलाई दिनभरि फुर्तिलो राख्न मद्दत गर्छ।

८) व्यायाम गर्ने बानी छैन भने बिहान–बेलुका फटाफट हिँड्ने गर्नाले गर्मीमा ज्यादै राम्रो गर्छ यसो गर्दा शरीरमा अक्सिजनको मात्रा बढ्छ।

९) रातको खाना खाएपछि १५–२० मिनेट टहल्नु लाभदायक हुन्छ। जाडोमा भन्दा गर्मीमा बाहिर हिँड्न सहज हुन्छ र शितल पनि हुन्छ।

Purbeli TV

प्रतिक्रिया

सम्बन्धित