११ सूत्रः दाम्पत्य जीवन यसरी सुखमय बनाउन सकिन्छ !

दाम्पत्य जीवन सधै एकनास रहँदैन । कहिले कहिं सामान्य मनमुटावले ठूलै झगडाको रुप लिन्छ । त्यसले सम्बन्ध दुई चिरा पनि पार्न सक्छ ।दम्पतीबीच यादकदा ठाकठुक पर्नु सामान्य नै हो । तर, आपसी बैमनश्यता, इगो, अविश्वास, असहयोगले दाम्पत्य जीवन क्रमस तहसनहस बनाउँदै लान्छ । पति-पत्नीले कहिले पनि दाम्पत्य सुख भोग गर्न सक्दैनन् ।

वैवाहिक सम्वन्ध दिगो हुन नसक्नुमा धेरै कारणहरु हुन सक्छन् । पति र पत्नीबीचको असमझदारी यसको प्रमुख कारण हो । यहाँ हामी वैवाहिक जीवनलाई दिगो बनाउने र विवाह सफल बनाउने १० सूत्रहरु प्रस्तुत गर्दैछौं ।

– सफल बिहेको सबैभन्दा ठूलो रहस्य हो, एक-अर्कालाई बढिभन्दा बढि समय दिनु । पति-पत्नी जति लामो समय एक-अर्कासँग बिताउँछन्, त्यति नै उनीहरु खुशी रहन्छन् ।

– शारीरिक अन्तरंगता, करिअरमा सफलता मात्रै सफल बिहेका रहस्य होइनन् । बल्कि पति-पत्नीले आपसमा एक-अर्काप्रति सौहार्दपूर्ण भावना राख्नु, एक-अर्कालाई बुझ्नु र आपसी समस्याहरुलाई सुल्झाउनु पनि हो ।

– कहिलेकाहीँ कुनै कारणले पति-पत्नी एक-अर्काको विपरित अडानमा हुने र अलग विचार हुने कारणले आपसमा सौहार्द बन्न सक्दैनन् । बिबाहको बन्धनमा बाँधिनुभन्दा अगाडि यस्ता कुराहरुमा उनीहरुको ध्यान जाँदैन । यस्तोमा दुवैले एक-अर्काको सोच र विचारलाई सम्मान गर्दै एक-अर्कालाई बुझ्नु आवश्यक हुन्छ ।

– एक-अर्काको कामलाई महत्व दिनु र त्यसमा आफ्नो साझेदारी देखाउनु पनि सफल बिहेको रहस्य हो ।

PURBELI TV

– केवल आआफ्नो जिम्मेवारी निभाएर बिवाह सफल हुँदैन । बल्कि एक अर्कालाई बाहिर लैजाने, कहिलेकाहीँ सरप्राइज पार्टी दिने, सरप्राइज गिफ्ट दिने गर्दा पनि वैवाहिक सम्वन्धलाई सफल बनाउन सकिन्छ ।

– सफल बिहेको सबैभन्दा महत्वपूर्ण शर्त के हो भने तपाईंले कुनै तेस्रो व्यक्तिको अगाडि आफ्नो जीवनसाथीको अपमान वा दुव्र्यवहार गर्नु हुँदैन । बरु एकान्तमा लगेर सम्झाउनुपर्छ ।

– पति वा पत्नीमध्ये एक जना आवश्यकताभन्दा बढि समय घरबाहिर रहनु वा खाली काममा मात्रै फोकस गर्दा पनि वैवाहिक सम्बन्धमा खटपट सुरु हुन्छ ।

– सम्बन्धलाई हार्दिक बनाइराख्नका लागि कमसेकम वर्षमा दुई वा तीन पटक चार-पाँच दिनका लागि बाहिर घुम्न निस्किनु राम्रो हुन्छ ।

– वैवाहिक सम्वन्धको सफलताको श्रेय मित्रवत व्यवहारलाई पनि दिने गरिन्छ । मित्रवत् सम्बन्धमा मात्रै दुवैले आआफ्ना कुरा एक-अर्कासँग खुलेर गर्न सक्छन् ।

– शारीरिक सुखले पनि सम्वन्धमा घनिष्ठता ल्याउँछ । यद्यपि यो जरुरी छैन कि तपाईं हर समय शारीरिक सुखका बारेमा मात्रै सोच्नुहोस । कहिलेकाहीँ शारीरिक सुखभन्दा बढि भावनात्मक आत्मियता पनि महत्वपूर्ण हुन्छ ।

– पति-पत्नीले एक-अर्काको आवश्यकतालाई महसुस गर्दै त्यसलाई पूरा गर्ने कोशिश गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित