पत्रु खानाले चाँडै पुर्‍याउला मृत्युलोक ! के खाने–के नखाने ? डा.अरुणा उप्रेतीको सुझावहरु (भिडियो)

‘खाना खानुभयो ?’ आम नेपालीले सधैँ सोध्ने साझा प्रश्न हो यो । हामी जसरी सजिलै खानाको बारेमा सोध्छौँ तर यसबारे चिन्तित चाहीँ छैनौँ । कस्ता खाना खाने ?, कस्ता खानाले स्वास्थ्यमा असर पुर्याउँछ ? भन्नेबारे जानकारी भए पनि सचेतना नभएको बताउँन् चिकित्सकहरु । आम मानिसमा खानाको विषयमा सचेतना नहुँदा नै ठूला स्यास्थ्य समस्या निम्तिने गरेको उनीहरुको तर्क छ ।

कुरमुरे, चाउचा लगायत नियमित रुपमा फास्टफूड खानाले दिर्घकालिन रुपमा स्वास्थ्य समस्या ल्याउने चेतावनी चिकित्सकहरुले दिँदैआएका छन् । यस्तै पाउरोटी, हर्लिक्स, डोनट, अत्याधिक चिनी, मसला जस्ता खन्कीले पनि मानव स्वास्थ्यमा असर पार्ने गरेको उनीहरु बताउँछन् । बरिष्ठ चिकित्सक डा. अरुणा उप्रेतीले केही महिनाअघि ‘खानु खानुभयो ?’ नामको पुस्तक प्रकाशन गरिन् । २ वर्ष लगाएर लेखिएको यस पुस्तकमा पनि खाना बारे धेरै कुरा समेटिएका छन् ।

गृहिणी सचेत हुनुपर्छ

आम गृहिणीहरु नै बालबालिकाको स्वास्थ्यबारे सचेत हुनुपर्ने डा. उप्रेतीको भनाइ छ । गृहिणीको सचेतनाले परिवर्तन हुनसक्नेमा उनले जोड दिएकी थिइन् । साथै विषालु खाना तत्कालै रोक्नुपर्ने उनले बताएकी छन् । चिनी लगायत पदार्थ मन्द विष भएकोले यस्ता खाद्यान्नको बढी सेवनले विश्वभर नै स्वास्थ्य समस्या आएको उनको भनाइ थियो ।

आम मानिसले बुझेर वा नबुझेर खाने कुरा र नखाने कुरा नछुट्याउन नसक्दा आम जीवनमा असर पारेकोप्रति डा. उप्रेतीको चिन्ता छ । खासगरी गृहिणीहरुले आफ्ना बालबालिकालाई कस्ता खाना खुवाउने र कस्ता खाना नखुवाउने भन्नेबारे सचेत नभएको उनको गुनासो छ ।

यतिसम्म कि, गृहिणीहरुले आफ्ना बालबालिकालाई दैनिक विष खुवाएको भन्दै त्यस्तो रोक्न उनको सुझाव छ । बालबालिकाले जतिसुकै पिरलो गरे पनि फास्टपूड र मन्द विष भएका खान्की खुवाउनै नहुने ड. उप्रेतीको भनाइ छ । ‘बच्चा रोयो भन्दैमा विष खान दिनुहुन्छ तपाईँ ?’, डा. उप्रेतीले भनिन्, ‘हड्डी बढाउने भन्दै हर्लिक्स खुवाउनु पनि हुँदैन । बजारमा आएका अधिकांश खाने कुरा हानीकारक छन् ।’

 

यस्तै आजभन्दा ५० वर्षअघि हाम्रा बाजेहरुले जे जस्तो खान्थे त्यसतै खाए मात्रै स्वास्थ्य ठीक हुने उनको तर्क छ । उचाइ बढाउने, तौल बढाउने, मोटाइ घटाउने, चलाख बन्ने जस्ता बहानामा अनेकथरी बजारीया खान्की खान नहुने उप्रेतीले बताइन् ।

६० वर्षमा पनि तन्दुरुस्त

उप्रेतीले आफू व्यक्तिगत रुपमा खाने कुरामा सधैँ सचेत रहेको बताइन् । जहाँसुकै गए पनि खाने कुरामा लापरवाही नगर्ने उनको भनाइ थियो । ७० भन्दा बढी जिल्लामा पुग्दा समेत पत्रु खाना खानु नपरेको उनको उनको दाबी छ ।

डा. उप्रेतीले कहिल्यै पनि पत्रु खाना नखाएको बताएकी थिइन् । जसले गर्दा बृद्धावस्थामा पनि स्वस्थ र तन्दुरुष्त रहेको बताइन् । उनले आम मानिसले जहाँपायो, जे पायो त्यही खाने खानालाई ‘पत्रु खाना’ को संज्ञा दिएकी छन् । र पत्रु खानाले मानव स्वास्थ्यमा ठूलो असर पुर्याउने भन्दै त्यसप्रति चसते हुनुपर्ने उनको सुझाव छ ।

PURBELI TV

 

प्रतिक्रिया

सम्बन्धित