दार्शनिकका कुराः यदि श्रीमती बारम्बार रिसाउँछिन् भने श्रीमानले के गर्ने ?

महान् युनानी दार्शनिक सुकरातको व्यवहारमा कुनै अहंकार थिएन । उनी निकै लोकप्रिय, अत्यन्त सहज, सहनशील र विनम्र स्वभावका थिए । नम्र स्वभावका सुकरातकी श्रीमती भने निकै रिसालु थिइन् । उनी स–सानो कुरामा रिसाउने र झगडा गर्दथिन् तर सुकरात भने शान्त नै रहन्थे भनिन्छ ।

जब श्रीमतीले सुकरातलाई खन्याइदिइन् पानीः एक पटक सुकरात आफ्ना शिष्यसँग घर बाहिर बसिरहेका थिए । कुनै महत्वपूर्ण विषयमा चर्चा चलिरहेको थियो । त्यतिबेला घरभित्रबाट उनकी श्रीमतीले काम विशेषले उनलाई बोलाइन् तर सुकरात चर्चामा व्यस्त भएकाले उनले श्रीमतीले बोलाएको सुनेनन् ।

सुकरातकी श्रीमतीले कतिपटक बोलाएपनि उनले सुन्दै सुनेनन् जसका कारण श्रीमतीको रिसको पारो चुलिएको थियो । उनले सुकरातलाई शिष्यको अगाडि नै एक घडा पानी खन्याइदिइन् । यो देखेर शिष्यलाई निकै नराम्रो लाग्यो । सुकरातले शिष्यको भावना बुझेर शान्त स्वरमा भने, ‘हेर्नुहोस्, मेरी श्रीमती कति उदार छिन् । यस्तो गर्मीमा ममाथि पानी खन्याएर मलाई शितलता प्रदान गर्ने कृपा गरिन् ।’

र श्रीमतीको रिस भयो शान्तः

अफ्नो गुरुको सहनशीलता देखेर शिष्यले प्रणाम गरे र श्रीमतीको रिस पनि शान्त भयो । ‘श्रीमतीको रिसको जवाफ सज्जनतापूर्वक दिँदा रिस शान्त हुने र विवादको स्थिती निम्तिँदैन । घरमा स्थितीलाई शान्त बनाइराख्नका लागि यो कुरालाई ध्यानमा राख्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित