दुब्लाउने ब्याक्टेरिया भेटियो…

वैज्ञानिकहरुले गरेको सोधका क्रममा उनीहरुले शरिरको मोटोपन घटाउन सक्ने तथा अर्को मधुमेह कम गर्न सक्ने ब्याटेरिया पत्ता लगाएका छन् । ‘प्रोसिडिङ्ग्स अफ नेशनल एकेडेमी अफ साइन्सेज’मा प्रकाशित अनुसन्धानले दिएको रिपोर्टका अनुसार मुसामा गरिएको अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको दावी गरिएको छ । अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानका क्रममा मुसामा देखीएको शारिरिक वदलावले यस्तो पुष्टी गरेको दावी गरेका छन् ।

उनीहरूका अनुसार यो ब्याक्टेरियाले पेटको भित्री झिल्लीसम्म परिवर्तन गर्न सक्छ र खानाको पच्ने तरिका समेत परिवर्तन गरिदिन्छ ।  उनीहरू भन्छन् अब मानिसमा पनि यसप्रकारको ब्याटेरियाको परिक्षण गरिनुपर्छ । परिक्षण पश्चात मात्रै यो कुराको पुष्टी हुन्छ की त्यो ब्याक्टेरियाले साच्चै मानिसको शरिरको मोटोपनलाई कमी गराउँछ ।

यस ब्याक्टेरियाका बारेमा अध्ययनका लागी केही मुसाको प्रयोग गरिएको थियो । सामान्य अवस्थाको मुसालाई सुरूमा बोसोयुक्त खाना खुवाएर अन्य मुसा भन्दा २-३ गुणा मोटो बनाइयो । केही समयपछी उक्त मुसालाई ब्याक्टेरिया सहित मिलाएर खानेकुरा दिन थालेपछी उनसको शरिर त्यो भन्दा बढेन । यसक्रममा शरिरमा रहेको इन्सुलिनको मात्रामा पनि कमी आएको बताइएको छ ।

अनुसन्धानका अनुसार यी जिवाणुहरू पेटको आन्तरिक झिल्लीमा पुगेर एउटा अवरोधकको काम गर्छ । यसले केही पदार्थलाई पेटबाट रगतसम्म रोक्न मद्धत गर्छ । साथै पाचन प्रणालीमा आउने रासायनिक संकेतलाई पनि उक्त ब्याक्टेरियाले परिवर्तन गरिदिन्छ जसले शरिरमा अन्यत्र बोसोको निर्माण प्रक्रियालाई पनि निस्तेज पार्छ र शरिरको मोटोपन घटाउन मद्धत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित