यी हुन् सोयाविन खानुको ८ फाइदा

सोयाविन एउटा यस्तो शाकाहारी भोजन हो जसमा मांसहारमाभन्दा पनि धेरै प्रोटीन र पोषक तत्व पाइन्छ । यसको प्रयोग विभिन्न तरहले समेत हुने गरेको छ । सोयाबिन खानाले तपाई सुन्दर समेत देखिनुहुनेछ । सोयाबिनमा ओमेजा–६, ओमेगा–३, फाइबर जस्ता तत्वहरु रहेका हुन्छन् ।

यसको प्रयोगले विरामीहरुलाई राहत मिल्छ । जो मानिसहरु बारम्बर सोयाविन खाने गर्छन् उनीहरु छिटो बुढो पनि हुँदैनन् । यसमा भिटामिन वी कम्प्लेक्स र भिटामिन इ प्रचुर मात्रामा हुन्छन् । जसले शरिर निर्माणमा अमिनो एसिड प्रदान गर्छ । यसले हाम्रो शरिरमा उर्जा प्रदान गर्ने काम गर्छ ।

सोयाविन खानुका लाभहरु यस्ता रहेका छन् ।

१. मुटुका रोगीलाई फाइदाजनक  : सोयाविनमा कोलस्ट्रोलको कमी भएका कारण मुटु रोगीले सोयाविन खानु राम्रो हुन्छ ।

२. उच्चरक्त चाप : आधा कप रोस्टेड सोयाविन ८ हप्तासँग लगातार खाने हो भने ब्लड क्यानसर कन्ट्रोल हुन्छ ।

३. अनुहारमा सम्बन्धी रोगलाई लाभकारी हुन्छ : यसले शरिरको रगतलाई सफा गर्ने काम गर्छ । एनीमियाबाट बच्न पनि सोयाबिनले मदत गर्छ ।

४. डिप्रेशन कम गर्छ : सोयाबिन खानाले मेमोरी पावर बढ्छ । यसकारण तनाव र चिडचिडापन हट्छ । यसले मनलाई शान्त बनाउँछ ।

५. हड्डीलाई बलियो बनाउँछ : यसको लगातार प्रयोगले हड्डीको कमजोरी कम हुन्छ । यसका कारण अस्टियोपोरोसिस रोगको खतरा पनि कम भएर जान्छ ।

६. क्यानसर रोक्न सहयोग गर्छ : यसमा भरपुर क्यानसर प्रतिरोधक क्षमता हुन्छ । यसको प्रयोगले स्तन र प्रोस्टेट क्यानसरलाई धेरै हदसम्म रोक्ने काम गर्छ ।

७. प्रोटिन : शरीरलाई प्रोटिनको धेरै नै आवश्यकता पर्छ । सोयाबिनमा दुधमा अण्डा, मासु, माछामाभन्दा बढी प्रोटिन हुन्छ । यसको प्रयोगले दिमाग, मुटु, नङ, कपाललाई बलियो बनाउने काम गर्छ ।

८. विभिन्न प्रकारले सोयाविनको प्रयोग गर्न सकिन्छ : कतिले पनिरमा सोयाविनको प्रयोग गर्छन्, कतिले दुधमा प्रयोग गर्छन् । सोयाबिनमा तेलको उपयोग निकै कम मात्रामा हुनेगर्छ । नेपालीपत्रबाट

प्रतिक्रिया

सम्बन्धित