गर्भ नबस्नुका यी हुन सक्छन मुख्य कारणहरु

कतिपय दम्पत्तिहरु गर्भ धारण नहुने समस्याका कारण पीडित रहेका हुन्छन् । गर्भ बस्न नसक्नुमा शारीरिक कारणका अतिरिक्त हाम्रो आनी बानीले समेत ठूलो प्रभाव पारेको हुनसक्छ । तर यस्ता सामान्य कुरामा हामी ध्यान दिँदैनौं । शारीरिक सम्पर्क गरे गर्भ बसिहाल्छ भन्ने धारणा रहेको छ । तर यो नै सत्य होइन ।

शारीरिक कारणहरु पनि कतिपय हल गर्न सकिने हुन्छन् । तर केही जटिल प्रकृतिका शारीरिक समस्यालाई भने सम्बोधन गर्न गारो पर्छ । वंशानुगत समस्या र पोलिसाइटिक ओभरी सिन्ड्रोमको जस्ता समस्याको उपचार कठिन हुन्छ । त्यस्तै ३५ वर्षभन्दा माथिको मानिसको यौन दुर्बलता पनि समस्या पनि समाधान हुदैन् । महिलाहरुमा विभिन्न कारणले गर्भवती हुँदैन । बाह्य जीवनशैलीले पनि गर्भधारण हुनबाट बञ्चित गर्छ ।

चाहेको समयमा गर्भधारण नहुनु र यौन दुर्बलताका कारण यस्ता हुन सक्छन्ः

अत्याधिक तौल : बढी तौल र गर्भधारणको समस्या एक आपसमा सम्बन्धित छन् । गर्भ नरहनुमा महिला भन्दापनि पुरुषको तौल मुख्य कारक हुन्छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थका अनुसार तौल बढी भएका अर्थात् धेरै मोटोपन हुने जोडीको ठिक्क तौल भएका जोडीले भन्दा सन्तान जन्माउने संभावना ५९ प्रतिशत कम रहन्छ।

अत्याधिक तनाव : गर्भको बच्चालाई असर गर्ने भएकोले चिकित्सकले हरेकले गर्भवती महिलालाई तनावमुक्त रहन सल्लाह दिन्छन् । तर, गर्भवती हुन चाहने जोडी पनि तनावमुक्त हुनु आवश्यक छ । अमेरिकाको ह्युमन रिप्रोडक्समा प्रकाशित अध्ययन अनुसार बढी तनाव लिने महिला वा पुरुषमा अन्य साधारण जोडीको तुलनामा बच्चा जन्माउन नसक्ने खतरा दोब्बर खतरा हुन्छ । तनावले उर्वरता कसरी घटाउँछ भन्ने विषयमा उनीहरुले कुनै कारण पत्ता लगाउन त सकेनन् तर योगा तथा ध्यान गर्नेमा गर्भधारणको धेरै सम्भावना रहेको देखाएका थिए ।

जिममा धेरै समय खर्च : व्यायाम निसन्देह स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । बच्चा जन्माउने अवस्थापूर्व पनि गर्भवती महिलाले सामान्य व्यायाम गर्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् । तर, गर्भवती हुन चाहने महिलाले सामान्य व्यायाम गर्नुपर्छ । विज्ञहरुका अनुसार सामान्य व्यायामले उर्वरता बढाउन सहयोग गर्छ भने अत्याधिक व्यायामले उर्वरता घटाउँछ ।

अत्याधिक टेलिभजन हेर्नु : टेलिभिजन हेरेर निष्क्रिय जीवन बिताउने पुरुषहरुको वीर्यको मात्रामा हस हुन्छ । ब्रिटिश जर्नल अफ स्पोर्ट मेडिसियनमा प्रकाशित अध्ययन अनुसार सातामा २० घन्टा भन्दा बढी टेलिभिजन हेर्ने पुरुषमा वीर्यको तीब्रता ४४ प्रतिशतले घटेको थियो । जबकी सातामा १५ घन्टाभन्दा टेलिभिजन हेर्ने मानिसहमा वीर्यको तीब्रता ७३ प्रतिशतले बढेको थियो।

परिष्कृत मासु खानु : परिष्कृृत मासु खाने पुरुषको वीर्यको मात्र घट्ने सन् २०१४ मा इपिडिमियोलोजीमा प्रकाशित एक अध्ययनमा उल्लेख छ । अर्कोतर्फ कुखुराको मासु लगायतका परिकार खाने मानिसमा भने उर्वरता बढ्ने सोही अध्ययनमा उल्लेख छ ।

पर्याप्त यौनकार्य नहुँदागर्भधारणका लागि यौन अपरिहार्य छ । यौन बच्चा जन्माउनका लागि मात्र नभई सम्बन्धका लागि पनि जरुरी छ । उचित यौन सक्रियताले महिलाको हर्मन सक्रीय भई प्रजननका दृष्टिले सक्षम बनाउने सन् २०१५ मा गरिएको एक अध्ययनले देखाएको छ ।

अत्याधिक धुमपान: धुमपानले पनि उर्वरतामा हस आउँछ । अमेरिकन सोसाईटी अफ रिप्रोडक्टिभ मेडिसियनका अनुसार चुरोट पिउने पुरुषको उर्वरता १३ प्रतिशतले हस आउँछ । धुमपानले महिलाको अन्डासयमा अशर गर्छ भने पुरुषको वीर्यमा हस ल्याउँछ ।

प्रतिक्रिया

सम्बन्धित