जाडाेयाममा कसरी हटाउने गुप्ताङ्गको दुर्गन्ध ?

durgandha

गुप्ताङ्ग दुर्गन्ध महिलाहरुमा हुने एक सामान्य समस्या हो । गुप्ताङ्गमा दुर्गन्ध हुनुको मुख्य कारण जिवाणु, यिस्टको संक्रमण अथवा सफाइमा ध्यान नदिनु हो ।   गुप्ताङ्गको दुर्गन्धले कतिपय अवस्थामा महिलालाई निकै असहज महसुस हुने गर्छन् । खासगरी जाडाेयाममा  सरसफाइकाे कमिले गर्दा गुप्ताङग दुर्गन्धित हुने गर्दछ । गुप्ताङग दुर्गन्धित हुने निम्न कारण रहेका छन् ।

१, यिस्टको संक्रमण
२, गोनोरिया
३, अत्यधिक गुलियो भएको खानेकुरा खानाले
४, पेल्भिक इन्फ्लेमेटरी रोग
५, यौन रोग
६, सफाइमा कमी

बास्नादार र छालाका लागि कठोर साबुनको प्रयोग घरेलु तरिका
१, प्रशस्त पानी पिउनुहोस्ः गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि

१० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।

२, दहिः दहि खानाले गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सकिन्छ । यसमा ल्याक्टोबेसिलसको मात्रा अधिक हुने भएका कारण गुप्ताङ्गको पीएचलाई सन्तुलनमा राख्ने गर्दछ ।

३, मेथीः दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाउनुहोस् । अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउनुहोस् । यो तरिकालाई दुई हप्तासम्म अपनाउनुहोस् । मेथीले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै धेरै सहयोग गर्दछ । यदि यसलाई नियमित रुपमा पिउने गरेमा यसले महिलाको हर्मोन स्तरलाई सुधारेर नियबमित महिनावारी हुन मद्दत गर्दछ ।

४, लसुनः लसुनको ताजा लेप बनाएर गुप्ताङ्गको छेउमा लगाउनुहोस् र यसलाई ८–१० मिनेट यत्तिकै छोड्नुहोस् र त्यसपछि नुहाउनुहोस् । लसुनले गुप्ताङ्गको दुर्गन्ध हटाउन निकै मद्दत गर्दछ ।

५, निमको पानीः केहि निमको पातलाई पानीमा उमाल्नुहोस् । चिसो भइसकेपछि यो पानीले गुप्ताङ्ग धुनुहोस् । तपाईं निमको तेल पनि प्रयोग गर्नसक्नुहुनेछ ।

६, अमलाः अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने गर्नुहोस् ।

७, अमिलो फल खानुहोस्ः सुन्तला, कागती, अंगुरजस्ता अमिलो फल खानुहोस् । यसमा भिटामिन सी प्रचुर मात्रामा हुने गर्दछ जसले तपाईंको प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ र शरिरभित्रको अनावश्यक विषहरुलाई हटाउन मद्दत गर्दछ । आफ्नो स्वास्थ्यको राम्ररी ख्याल राखौ । दुर्गन्ध हटाई स्वास्थ्य बनौ ।

प्रतिक्रिया

सम्बन्धित