पूर्ण रूपमा खुल्दै चीनसँगका नाका
![](https://snowberry.prixacdn.net/media/gallery_folder/tatopani-naka_2yaIIe46CU_2onkugtnfbbhbuj0brkxeelys1f8waewdc290w8e7pxqffdpq9trqgqkspd8.jpg)
काठमाडौँ । नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ । चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बसेको बैठकमा चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामार्फत दुईतर्फी व्यापार र जनसम्पर्कका लागि आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।
त्यसैगरी तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र मानव आवागमन तथा यारी–पुलाङ क्षेत्रबाट यात्रु आवागमन भने आगामी वैशाख १८ गतेदेखि सञ्चालन गर्ने सहमति भएको छ । नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्ने सहमति जनाएको छ ।नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल पक्षले गर्ने पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासन पनि दिएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले जानकारी दिएको छ ।
नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले संयुक्त अध्यक्षता गर्नुभएको बैठकमा सीमापार व्यापार र जनसम्पर्कलाई अधिकतम स्तरमा सञ्चालन गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ बाटो खोज्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै चीनमा अमिलो फलफूल, सुक्खा मासु र औषधिजन्य जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायतका क्षेत्रमा सम्भावित सहयोगबारे छलफल भएको थियो । सचिव मरासिनीले काठमाडौँ–ल्हासा सिधा उडानका लागि आग्रह गरे। समाचार गोरखापत्र दैनिकमा रहेकाे छ ।
![सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_GWL1QpjYmO_sz2dikfpoj8wavltydxbuybmytv1zt6edutb13nsgfjuiqhqakm9qiuwbl1b_qdhycnTsbb_2psqi4upmtdj0daxs0slv4wdvro2kzuhj6wkkgniurjmnpphtdjh5nvcxfj7.jpg)
सिरोहिया पक्रन आनाकानी गरेपछि आईजीपीसँग रिसाएका थिए लामिछाने
![दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
दार्चुलामा करेन्ट लागेर घाइते भएकी महिलाको मृत्यु
![कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/staff-%25E0%25A4%2595%25E0%25A4%25B0%25E0%25A5%258D%25E0%25A4%25AE%25E0%25A4%259A%25E0%25A4%25BE%25E0%25A4%25B0%25E0%25A5%2580-karmachari_JbC9hJTBxh_bfaktuxj8dy4xmdwpzyaoclgnroj6h9pjj0ipqmlpyodxtounv3wd1xp2lku_ru5B0XjY4h_pwvc340jfmnslbnjgxuvtp8hcwnfsaznk7un4h1znesfhnjfgcmnft7xc7ps.jpg)
कार्यालय आएर सेवाको साटो परीक्षाको तयारी
![केन्द्रीय समितिमा देउवाको दाउ](https://snowberry.prixacdn.net/media/gallery_folder/deuwa_87j9c51vZe_n0rlbtnxinlndnvcv5zpurg7enyoezltjtxutitgujtvtflmdyw5sbxqvonf_y5f6BTpRpN_r9v5i4tgg1pgnlccthgbtvdgpt33jhvp1bkjsxbdsalfltel5wpzwwexxsuw.jpeg)
केन्द्रीय समितिमा देउवाको दाउ
![जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी](https://snowberry.prixacdn.net/media/gallery_folder/binod-khatiwoda_ElsG19iplU_H1J1AbmFXW_xe64qynwuskteqjf6x2pglcwqwerom8tkfubbykzwgh6k0yyvrkx9umx7ftb_npd9DMrkx9_0bz7frp1l7ayhr2gmxplvugl1lggxx8ayphldth7legvhsjzcmpswiuz4jhv.webp)
जिल्ला न्यायाधीश खतिवडाविरुद्ध न्याय परिषदमा उजुरी
![प्रचण्ड र ओली निरन्तर संवादमा](https://snowberry.prixacdn.net/media/gallery_folder/Prachanda-KP-oli_vAUvnnf4be_ha6dbiviz0wihbgpuaqibhcjmcd2zcys0sv0byztlsoxixfhlvfv3312vfem_3NmUfgM4JM_mhlu6uk1eg244bw6lzsscsdmjz9bai22ucujdpcgedsxxjqbcizc3yt5xxiv.jpg)
प्रचण्ड र ओली निरन्तर संवादमा
![झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/hatti2021-06-18-02-12-58_rHYmiECDC0_nkrgndarnydc0avyvya8dpb0mbyssum2prcwa3x8vr8nygzuhdzuu5mfj7un_lnW6BkVpNl_o352lysuq04yejfuqamypcm9fzlsngbsojytf1xkyo7u0c9zhgdzgxelnfgx.jpeg)
झापामा हात्तीको आक्रमणबाट श्रीमतिको मृत्यु,श्रीमान घाइते
![टेरामक्स खरिद प्रकरण : कांग्रेसका दुई पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र माेहन बस्नेत विरूद्ध भ्रष्टाचार मुद्दा दर्ताको तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra-karki-mohan-basnet_zEIVdQmm1k_q8rapbwaefv7ybc0hfqyhkwvzzmk1ck5vpexfhisdjiumarpmypswaas02la_VUhpEnfi7Z_ck78gtgkevhpt7uipygnoujdjipyfxvlge6lcnowqvrv4eal5nftnlavojem.jpg)
प्रतिक्रिया