पर्यटन क्षेत्रलाई व्यवस्थित गरि अघि बढ्न आवश्यक छ : मुख्यमन्त्री कार्की

सुन्दरहरैँचा/ प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन क्षेत्रकाे विकास र प्रचारप्रसारकाे लागि आफ्नाे तर्फबाट सकेको साथ सहयाेग पुयाउँन कुनै कसर नराख्ने बताउँनु भएको छ ।
माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित नेपालीरिका हाेटलमा भएको प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा)को डेस्टिनेसन मार्केटिङ कन्क्लेभमा बोल्दै कार्कीले साे कुरा बताउँनु भएको हाे । उहाँले प्रदेश १ काे पर्यटन क्षेत्रलाई व्यवस्थित गरि अघि बढ्न आवश्यक भएको विचार व्यक्त गर्दै पर्यटन व्यवसाय सम्बन्धि याे भेला उपलब्धि मूलक भएको बताउँनु भएको छ ।

मुख्यमन्त्री कार्कीले समारोहलाई थप सम्बाेधन गर्दै पर्यटन क्षेत्रमा पर्यटन दशक घोषणा गरेर विश्वका बजारमा अर्बौं प्रचारमा खर्च गर्नु अगाडि देशका गन्तव्यहरूको पूर्वाधार विकास पहिलो प्राथमिकता हुनुपर्ने उल्लेख गर्नुभयाे । “राम्रो पूर्वाधार तथा कुनै पनि नीतिगत समस्या नहुने हो भने निजी क्षेत्रले आफैं पर्यटन सम्बन्धि विषयबस्तुकाे प्रचार गर्छन् कार्कीले भन्नूभयाे “ पर्यटन क्षेत्र व्यवसाय बनेर सम्भावनाकाे खाेजी गरि अझै अगाडि बढ्छ।’

प्रदेश १ मा ५०/ ६० किलोमिटरको सडक दूरीमा फरकफरक हावापानी पाइने भन्दै मुख्य मन्त्री कार्कीले पर्यटनमा त्यसले सहयोग गर्ने उल्लेख गर्नुभयाे। पर्यटन सम्बन्धि अर्को प्रसङ्ममा बाेल्दै मुख्यमन्त्री कार्कीले बैंकिङ क्षेत्रको अनुदार नीतिले निजी क्षेत्र थला परेको उल्लेख गर्नुभयाे । ७-८ प्रतिशत ब्याजदर बढेर १४-१५ पुग्नु राम्रो नभएको भन्दै उहाँले बैंकहरूको अनुदार नीतिले पर्यटन क्षेत्र समेत नराम्रो गरि थला परेको तर्क गर्नुभयाे ।

निजी क्षेत्रलाई बैंकको ब्याजदर घटाउन आफ्नो पनि साथ हुने बताउँदै मुख्यमन्त्री कार्कीले बैंककै नीतिले समस्या बढाएकोमा जोड दिदै समस्या सावधानका लागि सरकारले ध्यान दिन जरूरी रहेको उल्लेख गर्नुभयाे ।

पहिलाे पटक भएको प्रदेश न. १ स्तरीय मार्केटिङ कन्क्लेभमा पर्यटन व्यवसायलाई के कसरी अघि बढाएर यसकाे वृद्धि विकास गरि ओझेलमा परेको बिषय तथा यहाँकाे सम्भावनालाई विश्वमा फैलाउँन सकिन्छ भन्ने बारेमा अन्तरक्रिया समेत गरिएको थियाे । कार्यक्रममा नेपाल , भारत , बङ्गलादेश लगायतका २ सय भन्दा बढी हाेटल तथा पर्यटन व्यवसायीहरूकाे सहभागिता रहेको थियाे ।

प्रतिक्रिया

सम्बन्धित