पाइपलाइनले जोगायो वार्षिक दुई अर्ब
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
काठमाडौं । भारतबाट पाइपलाइनबाट डिजेल आउन थालेपछि वार्षिक दुई अर्ब रुपियाँ बचत भइरहेको छ । भारतको पटनाबाट मोतीहारी हुँदै नेपालको अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेपछि ट्याङ्करबाट ढुवानी गर्दा लाग्ने उक्त रकम बचत भएको बुधबार गरिएको पत्रकार सम्मेलनमा नेपाल आयल निगम, मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए ।
२०७६ साउन ३ गतेदेखि अमलेखगञ्जमा पाइपलाइनबाट डिजेल ल्याउन थालेको हो । भारत सरकारको आर्थिक सहयोगमा सम्पन्न पाइपलाइन परियोजनाको लक्ष्यभन्दा आठ महिनाअघि नै कार्य सम्पन्न भएको थियो । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउँदा पर्यावरण विनाश, राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको शुद्धतासँगै चुहावटलगायतका समस्या नआउने प्रमुख यादवले दाबी गरे ।
करिब तीन अर्ब भारतीय रुपियाँ खर्च भएको यो पाइपलाइन परियोजना २०१८ को अन्त्यमा सम्पन्न भएको थियो । जमिनमुनि बिछ्याइएको पौने ११ इन्चको एमएस माइलस्टिलको एउटै पाइपबाट पटकपटक गरेर पेट्रोल, डिजेल र मट्टीतेल ल्याउन सकिन्छ । अहिले डिजेल मात्र आइरहेको छ ।
भारतको पटनादेखि मोतीहारी १९८ किलोमिटर, मोतीहारीदेखि रक्सौल ३३ किलोमिटर र रक्सौलदेखि अमलेखगञ्ज ३६।२ किलोमिटर गरी २६८ किलोमिटर पाइपलाइन रहेको छ । अहिले प्रतिघण्टा २९४ किलोलिटर इन्धन पाइपबाट आइरहेको तथा हालका दिनमा मुलुकलाई साढे पाँच दिन डिजेल र सात दिन पेट्रोल आपूर्ति गर्न सक्ने स्टक अमलेखगञ्ज डिपोमा रहेको कार्यक्रम सञ्चालक प्रशान्त भट्टराईले जानकारी दिए ।
खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बाराको अमलेखगञ्ज हुँदै चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्न पाइपलाइन परियोजनाको अमलेखगञ्जमा २०७६ कातिक ९ गते शिलान्यास गरी रुट सर्वेको कार्य सम्पन्न गरिसकेको आयल निगमले जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
![वैदेशिक रोजगार : निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो](https://snowberry.prixacdn.net/media/gallery_folder/baideshik_rojgar_bidesh_abroad_airport_azTbZFYNlw_tWWdj0q8Df_ijaeva89vvmhvjscgzxebh1b1c7rhxp2qjfkuasayuglgyarmoy72wyamhkx.jpg)
वैदेशिक रोजगार : निःशुल्क स्वास्थ्य परामर्श सेवा लिने बढ्दो
![सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/baitadi-_P48Wg1fPts_adbpdmtszou4k9fxdd4uv05xlvjm8iqvrcyj3rbihpnfltn2i7pectz5gn2l.jpg)
सामाजिक अन्धविश्वासको पराकाष्ठा : पानी नदिँदा प्रसूति सेवा बन्द
![भ्याट लागु भएसँगै तरकारी आयात न्यून](https://snowberry.prixacdn.net/media/gallery_folder/tarkari_jxPdMli6MU_IBdmioY2or_fxuaq9aq2fvmtldmqszf82oavxquky8gr19gk6d1yvn82gl21hy6qi4h2t5g.jpg)
भ्याट लागु भएसँगै तरकारी आयात न्यून
![सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarbochaahhh_DXNw5q1Vxo_qcgva7fgqf4jncmlthlblszid2hmrzwubsh8rzvijpsdrtxzggnxjx4w4rl0.jpeg)
सर्वोच्चको अन्तरिम आदेशसँगै रोकियो नागरिकता वितरण
![सुरक्षा सामग्री खरिद गर्न बाटो खुल्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/npali-army_2YVA3xtDEM_8fjykcsasxebozcwh9ybdqofjamrkoulgvzlhky3y1wnu7qrwe66knt5w5nr.jpg)
सुरक्षा सामग्री खरिद गर्न बाटो खुल्यो
![नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda-modi-delhi_ZM5Zp18Bj2_ygtelmh4juvoupl4gwfmfictywavwqb78ybbpjedym3muuf3pn3iglllqshh.jpg)
नेपाल ‘क्षेत्रीय पावर हब’ बन्ने सम्भावना
![प्रतिबन्धित भारु नोट राष्ट्र बैंकको स्टोरमा, भारतले देखाएन सटही गर्न चासो](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिबन्धित भारु नोट राष्ट्र बैंकको स्टोरमा, भारतले देखाएन सटही गर्न चासो
![खुला राजनीतिमा रेशम चौधरी, रिहाइ लगत्तै पुगे कैलाली र बर्दिया](https://snowberry.prixacdn.net/media/gallery_folder/resham-chaudhari_1SD04cRXjL_ymnxufqq8uujsbd1ccvlmvxmjcztfsd32cqj05axfllgnukhueihs8n3rftz.jpg)
प्रतिक्रिया