शरीरको नशा फुल्ने समस्याले दिक्क हुनुहुन्छ ? यसरी पाउनुहोस् छुट्कारा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Health-tips-738x420-1_UjIaaqxqdO_wpnlr4adetqdcglqwtxompt70ewp0molxgohlsuf19r6rceblvjy4loaf2r4.jpg)
काठमाडौं : नशा फुल्ने रोगलाई झन गम्भिर समस्याको रुपमा परिणत हुन नदिनको लागि तपाईंले यसको उपचार चाडैं गर्न जरुरी छ। आज हामी तपाईंलाई नशा फुल्ने समस्याबाट प्राकृतिक रुपमा छुट्कारा पाउने उपायको बारेमा जानकारी दिन्छौं।यसको लागि तपाईंलाई हरियो र रातो गोलभेडाको आवश्यकता पर्छ। यो प्राचीन समयदेखि अहिलेसम्म चल्दै आईरहेको विधि हो।
गोलभेडाः हाम्रो स्वास्थ्यको लागि गोलभेडा निकै नै फाईदाजनक छ। यसका साथै यसले नशा फुल्ने समस्याको पनि निराकरण गर्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ। गोलभेडामा नशाको समस्यालाई निको पार्ने औषधिय गुण हुन्छ। हरियो गोलभेडाको प्रयोग गर्ने विधिः सबैभन्दा पहिला हरियो गोलभेडालाई राम्ररी पखाल्नुहोस् । पाकेको तर गोलभेडाको रंग हरियो भएको प्रयोग गर्नुहोस् । त्यसपछि यसलाई ०.५ सेन्टिमिटरमा काट्नुहोस्। गोलभेडाको टुक्रालाई नशा फुलेको ठाउँमा लगाउनुहोस्। गोलभेडा राखी पट्टिले बाँध्नुहोस्।
त्यसपछि तपाईंलाई केही जलनको महशुश हुन्छ। एकछिनपछि पट्टिलाई निकाल्नुभई चिसो पानीले पखाल्नुहोस् । यस विधिलाई दिनमा पाँच पटकसम्म गर्नुहोस्। २ हप्तापछि तपाईंले यसको परिणामलाई देख्न सक्नुहुनेछ। यस विधिको प्रयोग गर्दा तपाईंलाई केही जलनको महशुश हुन्छ । तर बिस्तारै नशा फुलेको हराउँदै जान्छ। रातो गोलभेडाको प्रयोग गर्ने विधिः रातो गोलभेडाको प्रयोग गरी पनि फुलेको नशाको समस्यालाई हटाउन सकिन्छ। यसको प्रयोग तपाईंले रातभरि गर्न सक्नुहुन्छ।
सुत्नुभन्दा अगाडि केही गोलभेडालाई स-सानो टुक्रामा काट्नुहोस्। त्यसपछि माथिको विधिअनुसार नै यसको प्रयोग गर्नुहोस्।गोलभेडाको प्रयोग ४ घण्टासम्म गर्नुहोस् । यसपछि नयाँ गोलभेडाको प्रयोग गर्नुहोस्। रातभरि नै यसको प्रयोग गर्नुहोस् । तपाईंले यस उपचारलाई अपनाउनु हुँदा सन्तुलित आहारको प्रयोग गर्न जरुरी छ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_01DRpSQaIe_7v40yqb48gnr5enwtcluvuphvx4wrpa9gmkfploqyewemhrattjevx5rb073.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_TKDgYyaiwf_ivv5vjmk70rs6usv5t2hw0ma3ys1q4yiclbmhbhead1pg2uoshv1jtutjsjx.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_I9J4Mfy6AR_g2jpv83o6gat8otgmpbko1wrtgrxiszllppx7qdhswznklsl9gonkeawcjlz.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_jqIgV0C4vy_nh5gkghkezit2yc2ondakruttrhcv6t6nwonnw2rmhpbdvcsldby1nmwbty3.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_hgjxqVPEoh_pyz1kon2art0tmv2cxif4dpyyqepspm53hfgud1br46w5lzvgvgn0txdzzoj.jpg)
प्रतिक्रिया