नुन बुझेर प्रयोग गरे औषधी नत्र विष
![](https://snowberry.prixacdn.net/media/gallery_folder/salt1-650x430_7ADEh3d0V4_wvzhdzsc4fqpvxjiprruiac2el7pzosliru1mgc4dhb5asbplkram2vevzxt.jpg)
‘काटेको घाउमा नुन चुक’ लगाउनुको अर्थ दुःखी मान्छेलाई झन् दुस्खी पार्नु भन्ने अर्थ लाग्छ। राजाको नुन खानु को अर्थ सरकारी सेवा गरेको भन्ने बुझिन्छ । ‘नुन खाएको कुखुरा’ जस्तो भन्दा कुनै समस्या परेर उदास भएको मान्छे भन्ने बुझिन्छ। नुन सँग यस्ता धेरै उखान टुक्का गाँसिएका छन् । नुन भान्छामा नभई हुँदैन तर धेरै पनि हुनुहुँदैन भन्ने विचार गर्नुपर्छ । नुन नभएको खाना कति बेस्वादिलो हुन्छ विचार गर्नुस् त ?। तर धेरै नुन भएपछि फेरि अनेक समस्या आइपर्छन्।
मैले दुइ वर्षअघि देखि नै ढिके नुनको प्रयोग गर्न सुरु गरेकी थिएँ । एकजना पोषणविदले मलाई ‘आयो नुन’ मा हाम्रो शरीरलाई चाहिने भन्दा आयोडिन हालिएको छ भनेपछि मेरो भान्छाबाट ‘आयो नुन’ हट्यो टि.भी विज्ञापनमा कहिलेकँही आउँछ–’के तपाईको मञ्जनमा नुन छ’ ? मञ्जनमा नुनको प्रयोग हुने कुरालाई धेरै जनाले अचम्मको रुपमा लिन्थे होला । तर दाँत स्वस्थ राख्न नुन एउटा औषधी मानिन्छ । भन्ने कसैलाई थाहा छैन । गिजा दुखेको बेला मनतातो पानी र नुनले कुल्ला गर्न भन्नेकुरा यही कारणले हो।
प्राचीनकालदेखि नै मासु र खानेकुरालाई लामो समयसम्म सुरक्षित राख्न नुन प्रयोग गरिन्थ्यो । ग्रीक सम्यतामा नुनलाई यति धेरै महत्व दिएको थियो कि दासहरूका किनबेच पनि नुनमा हुन्थ्यो । प्राचीनकालमा पनि रोमन सिपाहीहरूलाई तलब दिंदा नुन पनि सँगै दिइन्थ्यो भन्ने कथन पाइन्छ। मंगोलियामा मानिसहरू आफ्ना सुन, चाँदीसँग नुन साट्थे । नेपालमा पनि पहिले पहिले मानिसहरू भोटबाट नुन ल्याउँथे भन्ने सुनिएको हो। प्राय: प्याकेटका खानेकुरामा नुने धेरै लुकेकोे हुन्छ । तर हामीलाई थाहा हुँदैन । स्वास्थकर्मीहरू भन्छन् नुनको बढी प्रयोग गर्न हुन्न ।
विशेष गरी प्याकेटमा राखिएका खानेकुराहरुमा नुन बढी भएकोले यस्ता खाना नखाएकै बेस । तर खानेकुरा बनाउने कम्पनीहरू चाही यो कुरालाई स्वीकार्दैनन् । खानेकुरामा नुनको बढी प्रयोग गर्दा नुन नै विष बन्न पुग्छ । एकतिर बढी नुनले स्वास्थ समस्या ल्याउछ तर नुन चिनी पानीले फेरी पखाला लाग्दा जीवन बचाउँछ भन्ने कुरा त सर्वविदितै छ । त्यसैगरी लामो समय हिडेपछिबढी थकाई लागेका बेलामा, पसिना धेरै गएका बेलामा नुन र कागती पानीको प्रयोग गरिन्छ । थाकिने, पिडौँला बाँउडिने जस्तो हुँदा हुन्छ । त्यो बेलामा अलिकता पानीमा अलिकति नुन र कागतीको रस हालेर खाए शरीरमा फुर्ती आउँछ।
त्यसैगरी गाउँघरमा पनि आधुनिक (औषधीहरु नपाउँदा ) मनतातो पानीमा नुन हालेर त्यसैले घाउ सफा गर्ने चलन छ । रुघाखोकी लाग्दा, घाँटी दुख्दा मनतातो पानीमा नुन हालेर दिनमा ४–५ चोटी घाँटीमा गार्गल गर्दा दुख्न कम हुने धेरैको अनुभव छ । दाँत गन्हाउँदा, गिजाबाट रगत आउँदा, नुन बेसार र अलिकता तोरीको तेल लिएर मुख कुल्ला गर्ने र मिदुणले गिजा सफा गर्ने गर्दा धेरै मानिसलाई फाइदा पुगेको छ । नुन एकतिर औषधी पनि हो । तर प्रयोग गर्न नजान्दा विषको काम पनि यसले गर्छ।
नुनको विभिन्न किसिमका प्याकेटहरुका खानेकुरा चिफ, चाउचाउ, बिस्कुट आदिमा पनि पर्याप्त मात्रामा हुन्छन र यस्ता खानेकुराहरुको प्रयोगले शरीरमा बढी नुन पुर्याउँछन् । अनि विभिन्न रक्तचाप, मिर्गौलाका समस्या भएका व्यक्तिहरू घरमा खाना खाँदा चाही खानेकुरामा नुन कम खान्छन् । तर बाहिरका खानेकुरामा भएका नुनको चाहीँ वास्तै गर्दैनन् र त्यसैले समस्या पनि बढाउँछ । टिनका विभिन्न बट्टामा राखेका खानेकुरा लामो समय सुरक्षित राख्न पनि नुनको प्रयोग गरिन्छ । त्यस्ता खानेकुराको प्रयोगले हानी त पुर्याउँछ नै पहिलेदेखि नै मिगौलाको समस्या रहेकामानिसलाई त झन बढी समस्या पर्छ।
औषधी
कहिले काही केही तातो खानेकुरा खाएपछि मुख भित्र पोल्छ । त्यो बेलामा मन तातो पानीमा अलिकति नुन हालेर एक दुई घण्टामा कुल्ला गर्नाले त्यो दुखाई आराम हुन्छ । नाक बन्द भएको बेलामा मनतातो पानीमा अलिकता नुन (नुनको स्वाद आफ्नो स्वाद जति मात्र हुनुपर्छ । नाकमा थोपा थोपा गरेर हाले नाक चाडैं खुल्छ । यो आँसुको स्वाद जस्तो भएको पानी साना नानीहरुको नाकमा हाल्दा फाइदा हुन्छ ।
त्यसैगरी मोजा र खुट्टा गनाउने व्यक्तिका लागि पनि नुनको प्रयोगले धेरै मद्दत गर्न सक्छ । मोजा फुकालेपछि मनतातो पानीमा नुन हालेर खुट्टा भिजाउने र औँलाको कापकापमा समेत नुन दल्ने र केही बेर तातो पानीमा खुट्टा राखेपछि सुख्खा पार्नाले खुट्टा गनाउन कम हुन्छ । जुका लाग्ने ठाउँमा जानुभन्दा अघि टिमुर र नुनको धुलो हात खुट्टामा दल्नाले जुका लाग्न धेरै कम हुन्छ । एकदिन धेरै थाकेर आउँदा पनि मातातो पानीमा नुन हालेर नुहाउनाले शरीरको दुखाई कम हुने अनुभव धेरै जनाले सुनाएका छन्।
रुघाखोकी लाग्दा तातोपानीमा नुन हालेर वाफ लिँदा शरीर हलुको हुन्छ । नाक बन्द भएको खुल्छ भन्ने कुरा पनि धेरैले अनुभव गरेकै हो । गर्भवती महिलाले वाकवाक लाग्दा कागती र अलिकति नुन चाट्नाले वाकवाक कम हुन्छ । त्यसैगरी बसमा जाँदा वाकवाक आउने व्यक्तिलाई पनि कागती र नुन खानाले वाकवाक केही कम हुन्छ । जानेर चाहिने मात्र प्रयोग गर्दा नुन औंषधी बन्न सक्छ ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_01DRpSQaIe_7v40yqb48gnr5enwtcluvuphvx4wrpa9gmkfploqyewemhrattjevx5rb073.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_TKDgYyaiwf_ivv5vjmk70rs6usv5t2hw0ma3ys1q4yiclbmhbhead1pg2uoshv1jtutjsjx.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_mCXe0Jz8ML_zmxjdf9ebncdahpgswqknkpig9eoq0rylxfimj4jhwnq3beqldna3oitmr1y.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_K8jlI5jpLR_qflsv7utmpld5vnmw9x1ewwlksmuaxprjooicgl8cufyeqfk8tmsnsdubcnk.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_CBR3VY7gkI_qswnhmt3dzz9ht9axmlpcdlvlcuet49gvnmz3n0ewbfhvhxzgfamavjgy9u1.jpg)
प्रतिक्रिया