स्वस्थ जीवनका उपाय
![](https://snowberry.prixacdn.net/media/gallery_folder/market-tarkari_2aO05pTlJS_y3mu24lzllhcuxcqumcr6x5jpy2lpltmciyeag3jihahr96yjyv9eecu3blm.jpg)
हरेक मानिस जीवनमा सफलता तथा सुखी हुन चाहन्छ । सुखमय अनि आनन्दमय जीवन होस् भन्ने चाहन्छ । मानिस सुख र सफलताको खोज गर्दागर्दै दुःखमा पुग्छ । यसको मूलकारण जीवनको मर्मलाई पूर्णरूपमा जान्न नसक्नु हो । कसैले सुखको आधार धन, परिवार र सम्पत्तिलाई मानेको हुन सक्छ । कसैले स्वस्थ्य जीवनलाई मानेको हुन सक्छ । कसैले विद्या तथा सम्मान पाउनुलाई सफलता मान्दछन् ।
निरोगी शरीर, बुद्धिमान र आज्ञाकारी सन्तान, व्यवस्थित आवास आदि सफलताको आधार त बन्छ । तर सबै कुरा राम्रो भए पनि शरीर रोगी भइदियो भने सफलताको कुनै अर्थ हुँदैन । जीवनमा स्वास्थ्य चिन्तनको ज्यादै महत्वव छ । शरीर रक्षा र आरोग्यता प्राप्तिका लागि अनेक योगको अभ्यास र औषधिको विधि विधानलाई अपनाउनुपर्ने हुन्छ । आयुर्वेदले अनेक कामहरू छोडेर भए पनि शरीरलाई स्वस्थ राख्ने कार्यमा लाग्नुपर्छ भन्छ । शरीर ठीक छ भने नै सबै कुरा हुन्छ । शरीर कमजोर भयो भने सम्पूर्ण वस्तुको कुनै अर्थ रहन्न । शरीरबाट नै जीवनयापनको सुरुआत हुन्छ । शरीरको माध्यमबाट धर्मको साधना गर्न सकिन्छ । अनिमात्र सफलता र असफलता भन्ने कुरा आउँछ ।
जीवनमा सफलता र समृद्धि चाहने व्यक्तिले आफ्नो स्वास्थ्यप्रति गम्भीर हुनै पर्दछ । स्वास्थ्य भन्नाले सामान्य बुझाइमा निरोगी हुनुलाई लिइन्छ । तर स्वास्थ्यको व्यापक अर्थ छ । योग दर्शनअनुसार कुनै पनि व्यक्ति शारीरिक रूपमा सुस्वास्थ, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुलाई स्वास्थ्यको वास्तविक अर्थ मानिन्छ । रोगी र दुर्बल मानिसले महत्ववपूर्ण कार्य गर्न सक्दैन । सफल जीवनका लागि स्वस्थ जीवनको महत्वव छ ।
शरीर, मन र आत्मा ठीक छ भने मात्र स्वस्थ जीवनको कल्पना गर्न सकिन्छ । शरीर स्वस्थ छ भने मन पनि ठीक हुन्छ । मन ठीक छैन भने शरीरमा भारीपन आउँछ । मन ठीक छ भने शरीर पनि स्वस्थ भएको अनुभव गर्न सकिन्छ । शरीर, मन, बुद्धि र चित्त एकआपसमा परिपूरक छन् । एकको अस्वस्थताले अरूलाई पनि असर गर्दछ । यी चार चिज स्वस्थ हुन सकेमात्र मानिस पूर्णरूपमा स्वस्थता प्राप्त भएको भन्न सकिन्छ । शरीर, मन र बुद्धि सन्तुलित तथा विकसित र स्वस्थ हुनका लागि शरीरस्थित स्नायु, श्वासप्रश्वास, रक्तसञ्चार, पाचन, हड्डी आदि सबै प्रणालीहरू स्वस्थ र सबल हुनु आवश्यक छ । शरीर स्वस्थ्य हुन शरीरमा स्तफुर्त आउनुपर्यो, मन स्वस्थ हुन मानसिकता ठीक हुनुपर्यो, बुद्धि प्रखर हुन बौद्धिकता चाहियो र आत्मा जागरणका लागि एकाग्रता चाहियो ।
स्वास्थ्य भन्ने कुरा जीवनसँग मात्र सीमित छैन । स्वस्थ जीवन भए पनि समाजसँगको व्यवहार र सामाजिक सहभागितामा कमी भयो भने पनि पूर्ण स्वास्थ्यको कल्पना हुन सक्दैन । जीवन भनेको शरीर, मन, बुद्धि, आत्मा, समाज, देश र विश्वसँग गाँसिएको हुन्छ । मानिसले पूर्ण स्वस्थता प्राप्त गर्न नियमित व्यायाम अर्थात् योगाभ्यास, उचित आहारविहार, व्यवहार, सत्संग, यज्ञ र प्रार्थनाको जरुरी हुन्छ । आरोग्य जीवनका प्रमुख आधार सन्तुलित भोजन, स्वस्थप्रद आहार र विहार, यथोचित निद्रा र वि श्राम, भगवत् कथा श्रवण, प्राकृतिक दृश्यावलोकन, शुभविचार वा चिन्तन, दान, दया र त्याग हुन् आवश्यक छ ।
सन्तुलित वा शुद्ध भोजनले शरीरलाई प्रफुल्लित, ऊर्जामय तथा ओजपूर्ण बनाउँदछ । त्यही ऊर्जा तत्वव नै जीवनको इन्धन हो । इन्धन राम्रो भयो भने त्यसबाट निस्कने ओजतेज पनि राम्रो हुन्छ । भोजन भन्ने कुरा अघाउनका लागि मात्र खाने होइन । जुन भोजनले जीवन स्वस्थ, ऊर्जावान्, प्रफुल्ल र निरोगी बनाउँछ त्यो उचित भोजन हो । जस्तो अन्न त्यस्तै मन जस्तो मन त्यस्तै बुद्धि अनि सोहीअनुसार कर्म हुन्छ भनिएको छ । भोजन पोषणतत्ववसँगै शुद्ध, सात्विक र गुणयुक्त हुनु अति जरुरी छ । सन्तुलिन भोजनभित्र प्रोटिन, भिटामिन, कार्बोहाइडेर्ट, खनिज तथा रसादीपूर्ण हुनुपर्दछ ।
हुन त आजकल माछा, मासु, फुललाई सन्तुलित भोजन भन्ने गरिन्छ । मांसहारमा प्रोटिन त प्रशस्त होला, तर पर्याप्त भिटामिन, मिनरल तथा प्राकृतिक वनस्पतीय तत्वव हुँदैन । प्रोटिन शरीरको वृद्धि गर्ने तत्वव हो यसमा रोगसँग लड्ने सक्ने क्षमता हुँदैन । मांसाहारी मानिसहरू बढी रोगी हुने गर्दछन् । सात्विक भोजनमा पोषक तत्वव हुन्छन् जसमा ताजापन, सुपाच्य, हल्कापन, शुद्ध र रोगसँग लड्न सक्ने क्षमता भएको प्रचुर मात्रामा भिटामिन हुन्छ । यसैले स्वस्थ जीवनको लागि सात्विक भोजन नै लाभकारी हुन्छ । सात्विक भोजनमा चामल, मकै, गहुँ, करेला, फर्सी, काँक्रो, आलु, मूला, सिमी, बोडी, भटमास, केराउ, हरियो सागपात, फलफूल, दूध, दही, घिउ आदि पर्दछन् ।
शारीरिक रूपमा सुस्वास्थ्य, मानसिक रूपमा सन्तुलन, बौद्धिक रूपमा प्रतिभावान् तथा आत्मिक रूपमा सबल र सामाजिक रूपमा सहयोगी हुनुलाई स्वास्थ्यको वास्तविक अर्थ मानिन्छ ।
चिल्लो, अमिलो, पिरो, मिसावट, मसाला आदि उत्तेजना मिल्ने खालका भोजनलाई राजसिक भनिन्छ भने माछा, मासु, फूल, बासी, सडेगलेको, दुर्गन्धयुक्त, नशालु पदार्थ, भारी भोजन आदिलाई तामसिक भोजन भनिन्छ । सात्विक भोजनले ताजापन, हल्का एवं ऊर्जामय जीवन बनाउँछ भने राजसिक भोजनले उत्तेजना, राग, द्वेष र काम-क्रोध बढाउँछ । तामसिक भोजनले अल्छीपन, निद्रा, मादकता, आलस्य, रोग, अविद्या तथा मोह पैदा गर्दछ । त्यसैले सात्विक भोजन नै स्वस्थ जीवनको लागि अति लाभकारी सिद्ध हुन्छ ।
भोजनको प्राकृतिक गुण नष्ट भयो भने त्यही खाना राजसिक वा तामसिक बन्न सक्छ । शुद्ध, भिटामिनयुक्त र ताजा भोजन नै सात्विक भोजन हो । भोजनमा अतिवाद हुनु हुन्न । विधिपूर्वक पकाइएको, गुणयुक्त, ठीक मात्रामा लिइएको भोजन नै सुपाच्य हुन्छ र स्वस्थता मिल्दछ । स्वास्थ्य रक्षाको लागि उचित दिनचर्या पनि हुनुपर्छ । दिनचर्या ठीक भएन भने पनि शरीर चुस्त, दुरुस्त र ऊर्जावान् हुँदैन । नियमित व्यायाम, ध्यान, योग, सत्संग, सत्विचार, सद्भाव भएन भने पनि भोजन राम्रोसँग पच्दैन र शरीरलाई चाहिने पौष्टिकताको कमी भै उल्टो मलको मात्रा बढ्दछ । जसले शरीर र मनलाई बोधो बनाइदिन्छ ।
खानपिन ठीक भयो, मन पनि ठीक हुँदै जान्छ, बुद्धिमा प्रखरता भए पनि यदि निद्रा अर्थात् वि श्राम ठीक भएन भने पनि मानिस स्वस्थ हुन सक्दैन । जीवनमा यथोचित वि श्राम र रातमा गहिरो निद्राको अति महत्व छ । शरीर र मनको वि श्रामको लागि गहिरो निद्रा जरुरी छ । निद्रा ठीक भएन भने जीवन समाप्त हुन्छ । निद्राले शरीरलाई मात्र वि श्राम दिँदैन कि मन, बुद्धि र चित्तलाई समेत पूर्ण वि श्राम दिन्छ । ताजगी र स्फूर्ति प्रदान गर्दछ । निद्राले शरीरका अंग, प्रत्यंग, मन, बुद्धि, चित्त र इन्द्रियहरूलाई रिचार्ज गर्छ ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_x2JSIknkPL_kxxn1zmio774pxc4wblfm6g5jbeikoul4kbyinbyv98yiggmyue1frrd7fbr.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_9gVmiAso4v_jfreksselabspaynczkggtvwk4acrha42fhoxpwqmpyiqv3smr7quvsqwkkm.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_mCXe0Jz8ML_zmxjdf9ebncdahpgswqknkpig9eoq0rylxfimj4jhwnq3beqldna3oitmr1y.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_MhYxat8y6S_itonchouo9fpiwwqtojzh8ubp5zlrwqpzveyjgyucp1hjjzrf9ahjpnyubbf.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_CBR3VY7gkI_qswnhmt3dzz9ht9axmlpcdlvlcuet49gvnmz3n0ewbfhvhxzgfamavjgy9u1.jpg)
प्रतिक्रिया