इटहरीमा “बेसार-टिम्मुर देखि जिम्बु सम्म”को नारा सहित नेपाली पाककला प्रतियोगिता सञ्चालन हुने

इटहरी / इटहरीमा सञ्चालित आरटिआरके होटेल स्कुलले “बेसार-टिम्मुर देखि जिम्बु सम्म”को नारा सहित नेपाली पाककला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नेपाली मौलिक खानाको प्रबद्वन तथा पर्यटनमा टेपा पुर्‍याउने उद्देश्यका साथ सो प्रतियोगिता सञ्चालन गर्न लागेकाे आरटिआरके होटेल  स्कुलका सञ्चालक प्रेम तुम्बापोले बताए ।

प्रतियोगितामा तराइ देखि पहाड हुँदै हिमाल सम्मका सामाग्री र हर्ब स्पाइसी लाई प्रयोग गरिने जनाइएको छ। प्रतियोगिताको उद्देश्य हिमाल पहाड तराईलाई खानाको माध्यमबाट कनेक्टिभिटी मा जोड दिनु रहेको  सञ्चालक तुम्बापोले बताए ।  खाना आफैमा विज्ञान हो जसले मानव सभ्यतामा महत्वपुर्ण सम्बन्ध जोडिएको र उपयोग द्वारा आगन्तुक पाहुनाहरूलाई खाना पर्यटनको डेस्टिनेसनको रूपमा विकास गर्न सकिने आधारहरूको मार्ग खोल्ने विश्वास गरिएको तुम्बापो बत्ताउँछन् ।

तराइ पहाड र हिमालमा उत्पादन हुने प्राकृतिक वा मौसमी खाद्यान्न हरूलाई प्रवर्द्धन गर्दा त्यसले प्रत्यक्ष रूपमा हाम्रो वातावरणलाई पनि धमिलो हुन नदिई पर्यावरणलाई बचाउन सकिने छ भन्ने मान्यता ” बेसार – टिम्मुर देखि जिम्बु सम्म” को पाक कला प्रतियोगिताले विश्वास गरेको र यस कार्यक्रमले नेपाली मौलिक खानाको प्रयोगमा कार्बोहाइड्रेट, हेल्दी प्रोटिन , भेजिटेवल , होल ग्रेन आदि लाई हेल्दी हाइजेनिक ब्यालेन्स फुड तयारीका लागि प्रयोगमा ल्याइने जनाइएको छ। कार्यक्रम २०७९ असोज २८ गते शुक्रवार दिउँसो १ बजे देखी आरटिआरके होटेल स्कुल मा आयोजना रहनेछ । आरटिआरके होटेल स्कुलले नेपाली मौलिक खानाको प्रबद्वन तथा पर्यटन सबन्धि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित