लाेभलाग्दाे मार्ग पोखरी, तर पुग्नै छाडे पर्यटक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/margapokhari_IGPb3AA6ET_2se7kdcxxggmrwyay8aamhiybxcdvcfvjhukkxo1r1yoobz4fnzrhol5fwxc.jpg)
तेह्रथुम / कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका-१ आङदिमका याे पाेखरी रहेको छ । धार्मीक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियाे तर अहिले सुनसान छ ।
हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा, सुन्दर र लाेभलाग्दाे छ । सिधुवा-शुक्रबारे सडक खण्डको डङडङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचार-प्रसार अभावमा ओझेलमा परेकाे छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश १ को उद्योग वन तथा पर्यटन वातावरण मन्त्रालयकाे १० लाख बजेटबाट पदमार्ग निर्माण समेत भएकाे छ ।
यस पोखरीमा भाकल गरे मनोकांक्षा पुरा हुने जनविश्वास छ । अहिले पाेखरीमा पानी घट्दै गएको स्थानीय निङ्मा शेर्पाले बताए । ‘पैले पैले पोखरीमा भाकल गरे चित्ताएको पुरा हुन्छ भनेर आउँथे । धामीहरु गुफा बस्थे तर, खै किन हो अहिले आउँदैनन् ।’ उनले भने । वारिपारि लोभलाग्दो हिमशृङ्खलामा रम्ने सकिने यो पोखरीमा पर्यटक खासै पुगेको पाईदैन । त्यसो त भौतिक पुर्बाधार निर्माणा नभएका पनि हैनन् । यहाँ आउने पर्यटकको लागी शौचालय, खानेपानीको धारा, विश्रामस्थल, पदमार्गलगायतका संरचना पनि छन् ।
पोखरी संरक्षणका लागि प्रयास भए पनि पर्यटकको नजर पुगेको छैन । पहाडको दृश्य अवलोकन गर्दै पोखरीसम्म पुग्दा रमाइलो भए पनि पदमार्ग छेग्ने झाडी हटाउन आवश्य रहेकाे पर्यटक कुमार लिम्बूले बताए । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश तथा स्थानीय सरकारले काम गर्दै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बूले बताए । प्रचारप्रसार अभाव तथा सरोकारवाला निकायहरुले चासो नदिँदा पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको पोखरी आफैमा ओझेल पर्दै गएको छ ।
![ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak_Xeu2iFlYpM_zollfpgvdkfuil7uzuub7gtwni8fytp27jj0j6ngxoigavnhvk40ehd0wjxe_PAbuZTFXJO_xwfm9yjvmluz8uox6mr9ebqp5myarbhdrlwwhyiq4jwkg7sl1pnlmasnmftn.jpg)
ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती
![बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’](https://snowberry.prixacdn.net/media/gallery_folder/Barpak%2520buddha%2520par_8uX4AvCjvO_sijd4mlcypw8glec2aiwhuyjw7if8annlycg3x991zdxpaeck2oynrzy6ovy_o4LpYUpsFB_niftsreuqdi8eu3kele4hn6b5mucxjcjnwk4bjqhexzklcfaapoopsbdiq78.jpg)
बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’
![११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे](https://snowberry.prixacdn.net/media/gallery_folder/mera-pick-solukhumbu_eqPL4izRGM_2zjlb2ojzyiz8d6srsoxybzpbvqamdoulbyscphoegwsspczdphziij14p1x_ZD7GuleqXf_cx3de7fg7avj9owdsx1ddbxzbwyntewec55wkmni7flns8cblldcphtlwjyt.jpg)
११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे
![राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला](https://snowberry.prixacdn.net/media/gallery_folder/Diyalo-Bangala-1701920916_sOxINKiqcA_carzmol8o5ka2nkzo2qxhnpmxkm6gj6yszolupwxhrxhnr4xtv8n6g7fc8w5_Lu4rQUvzTr_jwimnjndigu7wp47c7yy8qjx6zg7sqv2r4yfkwforhga2ni501zytkgyoy6x.jpg)
राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला
बजेटमा नसमेटेकाे भन्दै नगर प्रमुखले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक ल…
![हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/dharaan_RDhBfnFp53_ymr2ha83ilpftg9u98m1m8seejhhrzzwvgxmfds49nxvvbwl5w8otixpr0pl_sTIprIkc7M_c3ovhrb8fvnu6hg1ylochqyczbqxzpfjjdl5ghpjxwiyda22inqjyritekfo.jpg)
हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे
![आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamirita1652004074_oNXJgQLyqD_kokmgvzqmzdzhc6cam7l3jnjshklxqltgrupujdfbwpg5titohqdx0rsfdsj_ePHzsEmbAv_a5inxisvajqupezvytd6xah8zesgohvfueihfjck116rgqtcmbttfurnl7sd.jpg)
आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता
![मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/BRO-Madi20240317_165939copy_IhkTqmn7gP_ejckyrseghlvqwso2bswjynuh1exdrwqadihmbxpsaw0ewsfkkmy0b34uddg_BYuouAtd1l_nwys6itureyubjvwdsb9qrqij95s3uwadsifylqfy7se0de4xlsuy1nmtpdc.jpg)
प्रतिक्रिया