इटहरीमा कोसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने

सुनसरी / इटहरीमा प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चन्द्रमा तेक्वान्दो डोजाङको आयोजनामा यही मंसिर २१ र २२ गते इटहरी रङ्गशालामा काेसी प्रदेशस्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको हाे ।

प्रतियोगितामा कोसी प्रदेशका १२ जिल्लाका ५० भन्दा बढी डोजाङका ५ सय बढीकाे सहभागिता रहने  चन्द्रमा तेक्वान्दो डोजाङका अध्यक्ष कुमार गुरुङले जानकारी दिएका छन् ।

करिब तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, तथा  विजयी डाेजाङलाइ नगद १५ हजार सहित मेडल प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित