एनएमसी सदस्य परिवारलाई आर्थिक राहत

झापाको मेचीनगर-६, काँकरभिट्टामा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले आफ्ना शेयर सदस्य परिवारलाई १० हजार रुपैयाँ राहत सहयोग गरेको छ। एनएमसीले बिर्तामोड-१० सैनिकबजार सेवाकेन्द्रमा कार्यरत कर्मचारी सदस्य सहजकर्ता एवम् शेयर सदस्य निशा लिम्बूको बुबा शेखरकुमार सेम्वू लिम्बूको निधनपछि समवेदना व्यक्त गर्दै उक्त रकम हस्तान्तरण गरेको हो।

इलामको माईजोगमाई गाउँपालिका-४ मा रहेको मृतकको निवासमा सहकारीको टोलीले समवेदनापत्रसहित शुद्धयाइ खर्चका लागि नगद १० हजार सहयोग हस्तान्तरण गर्यो।

सो कार्यक्रममा संस्थाका बिर्ताअर्जुन क्षेत्रीय समन्वय उपसमिति सदस्य मनु मुखिया, सैनिकबजार सेवाकेन्द्रका उपसमिति संयोजक टीकाराम दंगाल, रत्नबहादुर बस्नेत, सीतादेवी राई, ओमबहादुर गुरुङ, राजन ढकाल, अञ्जु गुरुङ, कीर्ति लिम्बू, र इलाम नयाँबजार सेवाकेन्द्रका ३ नं. एकाइ उपसमिति संयोजक यज्ञेश्वर ढुगाना लगायतको टोली सहभागी थिए।

सहकारीले ५ हजार रुपैयाँभन्दा बढी शेयर रकम मौज्दात भएका सदस्यहरूका लागि परिवारजनको निधनमा विभिन्न राहत सुविधा प्रदान गर्दै आएको छ। संस्थाको नियमअनुसार, सदस्यका आमाबाबु, छोराछोरी वा दम्पतीको निधनमा १० हजार र सदस्यको निधनमा ५० हजार रुपैयाँ राहत दिइन्छ।

कार्यक्रममा मृतक परिवारको तर्फबाट भाइ श्याम लिम्बूले धन्यवाद ज्ञापन गरे। समवेदनापत्र रत्नबहादुर बस्नेतले वाचन गरेका थिए भने कार्यक्रम सञ्चालन चन्द्रबहादुर राईले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित